Fri. Apr 26th, 2024

रंग पत्रकार बिकाश लामिछानेको शब्द रहेको ‘छोड्दिन भन्थ्यौ’ बोलको गीत माथी म्युजिक भिडियो तयार भएको छ । टंक बुढाथोकीको संगीत आकृती आचार्य स्वर रहेको उक्त गीतको भिडियोको सम्पुर्ण छायांकन अष्ट्रेलियामा गरिएको हो । जिवन रसाइलीको निर्देशन रहेको भिडियोमा गायीका आकृती र रबिन अधिकारीले मोडलिङ गरेका छन् । लगातार दुई दिनको छायांकन पछि गीत सकिएको हो । सेन्टीमेन्टल गीतको भिडियो पनि यही थिमका तयार गरिएको छ । पैसाको लोभमा परेर प्रेमीले छोडेपछि प्रेमीकाले देखाएको दुःख भिडियोमा उतारिएको निर्देशक जिवन रसाइलीले बताए ।

%d bloggers like this: