Sat. Apr 20th, 2024

बलिउड नायिका अनुष्का शर्मा र भारतीय क्रिकेट टिमका युवा खेलाडी बिराट कोहली बिचको प्रेमसम्बन्धले बलिउड बेला बेलामा तात्ने गरेको छ । केहि महिना अगाडी मात्र बिराट कोहलीले अनुष्का र आफ्नो सम्बन्ध खुल्ला किताब जस्तैं हो भनेर अभिव्यक्ति दिएपछि अनुष्का शर्मा र बिराट कोहली बिचको प्रेम सम्बन्ध अझ राम्रैसँग पुष्टि भएको थियो तर अनुष्काले भने अहिलेसम्म बिराट कोहलीसँग आफ्नो प्रेम सम्बन्ध रहेको खुलाएकी थिइनन् ।

तर अब अनुष्काले आफू बिराटसँग डेटिङ गरिरहेको स्विकार गरेकी छिन् । फिल्मफेयर म्यागजिनको नौलो संस्करणको कभर पेजमा उनले आफ्नो मौनतालाई तोड्दै आफू बिराटसँग डेट गरिरहेको बताएकी छिन् । यो कभर पेजमा अनुष्काको फोटोसहित लेखिएको छ, ‘य, आइ एम डेटिङ बिराट कोहली ।’

%d bloggers like this: