Wed. May 1st, 2024

बलिउडमा किंग खानको नामले कहलिएका शाहरुख खान आज दिउँसो ३ बजे नेपाल उत्रिने भएका छन् । आयोजक संस्था कान्साई न्यारोल्याक पेन्ट्सका अनुसार आज दिउँसो ३ बजे शाहरुख खान आफ्नो निजी विमान मार्फत नेपालको एकमात्र अन्तराष्ट्रिय त्रिभुवन विमानस्थलमा उत्रिने छन् ।  एयरपोर्टमा समस्या भएपछि साहरुख खान आज मात्र नेपाल आउने कार्यक्रम रहेको छ ।

saharuk

टर्किस एयर दुर्घटनापछि ४ दिन अवरुद्ध भएको त्रिभुवन विमानस्थल अस्ति बेलुकीबाट खुलेको थियो । साहरुखको विमान हिजो ल्याण्ड गराउन विमानस्थल नमानेपछि भोलीका लागि कार्यक्रम स्थगित गरिएको हो । काठमाडौ आएपछि उनी पत्रकार सम्मेलनमा सहभागी हुनेछन् । त्यसपछि हायात होटलमा आयोजना हुने कान्साई न्यारोल्याक पेन्ट्सको भिआईपी कार्यक्रममा सहभागी हुने भएका छन् ।

%d bloggers like this: