Fri. Apr 26th, 2024

चलचित्र नाईके र अलबिदामा धमकेदार एक्शन अवतारमा देखिएका नायक आर्यन सिग्देल अभिनित अर्को नयाँ चलचित्र आवेगको यति बेला धमाधम डबिङ कार्य भइरहेको छ । फागुन ८ गते देखी देशभर प्रदर्शनमा ल्याइन खोजिएको चलचित्र आवेगको सम्पादन कार्य सकिएसँगै प्रदर्शनको लागी छिट्टै तयार गर्ने तयारी स्वरुप डबिङको काम सुरु भएको चलचित्रका निर्देशक बसन्त निरौलाले जानकारी दिएका छन् । धमकेदार एक्शन प्रधान भनिएको चलचित्र आवेगमा आर्यनको खतरनाक एकशन देख्न सकिन्छ ।

aabig

केहि समय अगाडी मात्र सार्वजनिक भएको ‘सोल्टिनी हाँसेको क्या राम्रो’ नामक गीतले यति बेला आम दर्शक,स्रोताको मन जितिरहेको अबस्थामा चलचित्र हेरेपछि दर्शकले आवेगका प्रत्यक दृश्यलाई र्विसन नसक्ने निर्देशक निरौलाले बताएका छन् । चलचित्रमा आवेगमा आर्यनका अलवा पबित्रा आचार्य, धुर्व दत्त र अर्चना देलाला मुख्य भुमिकामा रहेका छन् । चलचित्र नेपालमा प्रदर्शन भएपछि विदेशका करिब आधा दर्जन देश युरोप,अष्ट्रेलिया तथा अमेरिकामा समेत प्रदर्शनको मिति तय गरिने निर्देशक निरौलाले जानकारी दिएका छन् । निर्देशक निरौला केहि बर्षयता बेलायतमा नै बस्दै आएका छन् ।

%d bloggers like this: