Sat. Apr 20th, 2024

माघ २३ गते देशभर प्रदर्शनको तयारीमा रहेको चलचित्र इस्केपको अर्को नयाँ अफिसियल ट्रेलर रिलिज भएको छ । सार्वजनिक ट्रेलरमा चलचित्रका सबै कलाकारहरु फिचरिङमा परेका छन् । युवा अभिनेता प्रदिप खड्काको लगानीमा निर्माण भएको चलचित्र इस्केपमा निर्माता प्रदिपकै मुख्य अभिनय रहेको छ । प्रदिप मिडिया प्रालीको ब्यानरमा निर्माण भएको यो फिल्ममा रीमा विश्वकर्माको अलवा प्रदिप खड्का, कमल श्रेष्ठ ,रश्मी भट्ट, मुक्ता आचार्य, प्रकाश श्रेष्ठ, सन्तोष कार्की, निश्चल खरेल, निश्चल लामा लगायतका कलाकारहरुले फिल्ममा अभिनय गरेका छन् ।

escape team

प्रदिप कार्कीको कथा, अमित श्रेष्ठको संगीत, चन्द्रमान ढंगोलको छायांकन रहेको यो फिल्मलाई सस्पेन्स तथा सामाजिक बिषयमा बुनिएको बताइएको छ । ‘ईस्केप’ एक सन्देशमुलक फिल्म बनेको र ड्रग्स तथा दुर्व्यसनको शिकार बनेको एक युवालाई त्यसबाट बाहिर निकाल्न प्रयास गर्ने एक युवतीको भुमिकामा नायिका रिमा विश्वकर्मा देखिएकी छिन् ।

भिडियो हेर्नका लागी तलको लिंकमा क्लिक गर्नुहोला । 

https://www.youtube.com/watch?v=cENdDYHheC0

%d bloggers like this: