Fri. Apr 26th, 2024

पुष २५ गते शुक्रबारबाट अरु दुई चलचित्रसँग एकसाथ प्रदर्शन आरम्भ गरेको चलचित्र आभाषमा यति बेला पनि दर्शकको भिड घटेको छैन् । नेपालका विभिन्न राजनितिकदलरुले देशभर बन्द आब्हान गरेपनि हलहरुमा भने दर्शकको भिड कम नभएको निर्माता गोविन्द शाहीले जानकारी दिएका छन् । आज मंगलबार राजधानी भित्र र बाहिर सबै हलहरु हाउसफुल रहेको निर्माता शाहीले बताए ।

आफुले काठमाडौंका प्रत्यकहलहरुमा गएर हेर्दा आभाषको प्रत्यक शो हाउसफुल भएको बताएका छन् । दर्शकले बन्दको समेत वास्ता नगरी आभाष हेर्न गएकोमा खुसी मान्दैं निर्माता शाहीले आभाष हेरेपछि पनि दर्शकले निकै राम्रो प्रतिक्रिया दिएको बताए । आज मंगलबार उपत्यका बन्द भएपनि दर्शक लामो समय हिडेर आभाष हेर्न हलसम्म पुगेका चलचित्रका कलाकार तथा निर्माता सुनिल रावलले बताएका छन् ।

aavas

दिनप्रतिदिन आभाष हेर्न दर्शकको भिड हलसम्म पुग्नुले आभाष यूनिट यति बेला निकै उत्साहित भएको छ । खबरका अनुसार अरु चलचित्रको तुलनामा दर्शक र व्यापार आभाषको पक्षमा रहेको बताइएको छ । चलचित्रको कथा बस्तु देखी चलचित्रमा अभिनय गर्ने कलाकारहरुको अब्बल प्रस्तुतीलाई दर्शकले निकै रुचाएका छन् । यूवापुस्तालाई लक्षित गरेर निर्माण भएको चलचित्र आभाषले हलहरुमा पनि यूवावर्गका दर्शकलाई नै बढिमात्रमा हुल्न सफल भएको छ ।

सायद र होस्टेल जस्तो व्यबसायिक सफल चचित्रका कलाकार संयम पुरी,सलोन बस्नेत,प्रकृति श्रेष्ठ,निशा अधिकारी,आष्मा डिसी लगायतका कलाकरको मुख्य भुमिका रहेको चलचित्रलाई सुरेन्द्र पौडेलले निर्देशन गरेका हुन् । पवन श्रेष्ठ,गोविन्द शाही र दिपक शाहीको लगानीमा निर्माण भएको चलचित्र आभाषले प्रेममा हुने विछोड र आकर्षणलाई पर्दामा उतारेको छ ।

%d bloggers like this: