Fri. Apr 26th, 2024

केहि दिन अगाडी कलाकारहरुले सञ्चारमन्त्री मिनेन्द्र रिजाल सगँको भेटमा सरकारले कलाकारहरुलाई सरकारी कार्ड वितरणका विषयमा भएको छलफलमा एक हप्ता भित्र कार्यदल बनाउन सञ्चारमन्त्री मिनेन्द्र रिजालले आग्रह गरे सगै आज संचारमन्त्रालयका सह-सचिव कविराज खनालको संयोजकत्वमा कार्यदल गठन भएको छ । जसमा सञ्चार मन्त्रालयका सदस्य सचिव नारायण आचार्य, अभिनेत्री करिश्मा मानन्धर, निर्देशक राजेन्द्र सलभ र सञ्चारकर्मी भरत शाक्य कार्यदलमा रहेका छन् ।

183121_107692465977726_2145395_n

कार्यदलले भोली सञ्चारमन्त्रालयमा पत्र बुझ्ने छ । कार्यदलले ‘क’ र ‘ख’ बर्गमा कलाकारलाई विभाजन गर्नेछ  । ‘क’ बर्गका कलाकारलाई बरिष्ट कलाकार र ‘ख’ बर्गका कलाकारलाई साधारण कलाकारको रुपमा कार्यदलले विभाजन गर्ने बताइएको छ । भोली देखी नै कार्यदलले काम सुरु गर्ने छ । पहिलो चरणमा कार्यदलले कलाकारहरुको बायोडाटा, उनीहरुले गरेको कामको मुल्यांकन गर्ने छ । सरकारी कार्ड पाउने कलाकारहरुले सरकारबाट पाउने भत्ता देखी विभिन्न सेवा सुविधाहरु पाउने छन् ।

%d bloggers like this: