Fri. Apr 26th, 2024

नयाँ संविधानमा चलचित्रक्षेत्रका मागाहरुलाई समेट्न आग्रह गर्दै हिजो अखिल नेपाल चलचित्रकर्मी संघले संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङलाई भेटि दुईबुदें ज्ञापनपत्र बुझाएका छन् । ज्ञापन पत्रमा स्वदेशी फिल्मलाई राज्यले राष्ट्रिय महत्वको संवेदनशील सांस्कृतिक उत्पादनका रुपमा दिने (राज्यको दायित्व सम्बन्धी बुँदामा थप्ने) र फिल्मलाई अभिव्यक्तिको माध्यमका रुपमा परिभाषित गरी यसलाई मौलिक हकभित्र समावेश गरिनुपर्ने माग  ज्ञापन पत्रमा रहेको केपी पाठकले बताए ।

film-karmiसिहंदरबारमा भएको उक्त भेटमा सभामुख सुवासचन्द्र नेम्वाङले यस विषयलाई आफुले गम्भिर रुपमा लिने आस्वासन समेत दिएका छन् । त्यस्तै उक्त टोलीले नेकपा माओवादीका नेता तथा एमाओवादी संसदिय दलका प्रमुख गीरिराजमणी पोखरेल  र संवाद समितीका सभापति बाबुराम भट्टराई लाई समेत भेटी सोही ज्ञापनपत्र संघले बुझाएको छ । ज्ञापन पत्र बुझेपछि दुई नेताले आफुहरु यस विषयमा गम्भिर रहेका कारण नयाँ संविधानमा उक्त वस्तु अटाउन सक्दो प्रयास गर्ने बताएका छन् ।

%d bloggers like this: