Fri. Apr 26th, 2024

भाद्र २० गते प्रदर्शनका लागी पुर्ण तयारीमा रहेका दुई चलचित्र स्टुपिड मन र बिर्खेलाई चिन्छसले प्रदर्शन मिति कुरिरहदाँ चलचित्र स्टुपिड मन ले प्रदर्शन मिति सारेपछि चलचित्र बिर्खेलाई चिन्छसलाई भने निकै ठुलो दाउ परेको छ । अर्थात अब भाद्र २० गते बिर्खेलाई चिन्छस एक्लै प्रदर्शनमा आउने भएको छ । तर यो भनिरहदाँ अझैपनि मुस्किलको पर्खालमा छ बिर्खेलाई चिन्छस । किनकी स्वर्गीय नायक श्रीकृष्ण श्रेष्ठको अन्तिम चलचित्र कोहिनूरमा अझै पनि दर्शकको क्रेज घटेको छैन् । यसकारणबाट नै स्टुपिड मनले प्रदर्शन मिति सारेको थियो ।

birkhailai chinc

स्टुपिड मनले प्रदर्शन मिति सारेपछि केहि राहात महशुस चलचित्र बिर्खेलाई चिन्छसले गरेपनि कोहिनूरले केहि असर भने चलचित्र बिर्खेलाई चिन्छसलाई पनि पक्कै पुग्ने छ । तर जे भएपनि एक्लै प्रदर्शनमा आउदाँ निर्माताले चलचित्रको व्यापारमा भने केहि राहात महशुस भने अबश्य गर्नेछन् । यति बेला दर्शकहरुको चलचित्र बिर्खेलाई चिन्छसका गीत,संगीतहरुले मन जितिरहेको छ । चलचित्रका निर्माता तथा कलाकार सुबास थापालाई चलचित्र ‘बिर्खेलाई चिन्छस्’ मा विभिन्न भुमिकामा देख्न सकिन्छ । अराज केशवले निर्देशन गरेको चलचित्र बिर्खेलाई  चिन्छस कलाकार सुबास थापाले लगानी गरेका छन् । डी एण्ड डी मुभिजको प्रस्तुतीमा सुवास थापा निर्माता रहेको फिल्ममा सुवास सहित आयुशा राई, विनिता खडका, सुरेस उप्रेती, बालदीप राई लगायतको अभिनय रहेको छ । जगदिश्वर थापाले कथा लेखेको फिल्ममा मोहित मुनालको सँगीत रहेको छ भने निरज कँडेलको छयांकन रहेको छ ।

%d bloggers like this: