Fri. Apr 26th, 2024

जीएस मुभी मेकर्स प्रालिको ब्यानरमा निर्माण भएको चलचित्र ‘गोरे’को छायंकन अब अन्तिम चरणमा पुगेको छ । रामेशकुमार राईको निर्देशन र सूर्य जीसी निर्माता रहेको चलचित्रमा नायक दिलिप रायमाझी,अनु शाह, गुनु घर्ती, ममता शर्मा, माधव पण्डित, सञ्चिता सत्याल लगायतका कलाकाहरुले चलचित्रमा अभिनय गरेका छन् ।

anu and dilip

चलचित्रमा नायक दिलिप रायमाझी गोरे नामक भुमिकामा देखिएका छन् । अनि प्रेमिकाको रुपमा भने नायिका अनु शाह देखिएकी छिन् । चलचित्रले प्रेमिकाको खोजीमा सहर पुग्दा बाध्यात्मक परिस्थितिमा आफूलाई सहरसँगै बदल्नुपर्दाको संघर्षमय कथा देखाउन खोजेको चलचित्रका निर्देशक रमेश कुमार राईले बताए । चलचित्रमा शंकर अधिकारी ‘घायल’को लेखन र बब्बु थापाको नृत्य तथा प्रदीप खड्काको द्वन्द्व रहेको छ ।

%d bloggers like this: