Thu. Apr 25th, 2024

पछिल्लो पटक २०१० मा करण जौहरको फिल्म ‘माई नेम इज खान’ मा देखिएकी काजोल अब एक महिला प्रधान फिल्मबाट फेरी चलचित्रमा देखिने भएकी छिन् । जुन फिल्मलाई काजोलका पति अजय देवगणले निर्माण गर्नेछन् । अजयले बताए अनुसार काजोल ले यस बर्ष एउटा फिल्म गर्ने बताए ।
Ajay-Devgan-to-produce-a-movie-for-Kajol
‘म आशावादी छु कि फिल्मको सुटिंग अक्टूबरको अन्तिम तिर हुन सक्छ ।’ अजयले भनेका छन् ‘सो फिल्मलाई म निर्माण गर्छु र निर्देशन राम मधवानीले गर्नेछन् ।’ ‘अहिले नै फिल्मको विषयवस्तु खुलासा नगर्ने बताउदै अजयले चलचित्र पुर्णतया नारीप्रधान हुने बताए ।’ उनले भने ‘म सो चलचित्रलाई निर्माण मात्र गर्ने हो म सो फिल्मको हिस्सा बन्न चाहादिन् ।’ अर्थात उनी फिल्ममा नायकका रुपमा नदेखिने बताएका छन् । फिल्मको नाम भने अहिले सार्वजानिक नगर्ने पनि अजयले बताएका छन् ।

%d bloggers like this: