Thu. Apr 18th, 2024

नेपाली सिनेनगरिमा एकपछि अर्को गर्दै चलचित्रहरु भित्रने क्रम बढ्दै गइरहेको अबस्थामा चलचित्रहरु एक आपसमा एकै मितिमा एक साथ प्रदर्शनमा आउनु पर्ने अबस्था छ । एकै मितिमा २ देखी ३ वटा सम्म चलचित्रहरु एक साथ प्रदर्शनमा आइदिदाँ प्रदर्शनमा आएका कुनैपनि चलचित्रहरुले राम्रो व्यापार गर्ने अबस्था देखिदैन् । त्यहि क्रममा भाद्र ६ गते त्यस्तै एउटा लडाई देख्न पाइने भएको छ । भाद्र ६ गते ताण्डव,ठुली र सम्बोधन चलचित्र एक साथ प्रदर्शनमा आउन लागेका छन् । एकै मितिमा यि तिन चलचित्रले एकसाथ प्रदर्शन मिति तोके पनि भाद्र ६ गतेले कुन चलचित्रलाई साथ दिने हो र कुन चलचित्रलाई पाखा लगाउने हो त्यो हेर्न भने केहि दिन कुर्नै पर्ने हुन्छ । तर यि तिन चलचित्रहरु तिन तरिकाका छन् । यि तिनै चलचित्रहरु भिन्दा भिन्दै कथा वस्तु बोकेका छन् ।
प्रस्तुत छ यि तिन चलचित्रका बारेमा केहि जानकारी :
sambodhan1
सम्बोधन :  चलचित्र सम्बोधनमा नम्रता श्रेष्ठ, दयाहाङ राई, विनय भट्ट, प्रशान्त ताम्राकार लगायतका कलाकारले अभिनय गरेका छन् । दयाहाङ राईले यस चलचित्रमा एक सीबीआई अफिसर्सको भुमिकामा देखिएका छन् भने नायिका नम्रता श्रेष्ठ क्राइम रिपोर्टरको भूमिकामा देखिएकी छिन् । रेड रोज इन्टरटेन्मेन्टको ब्यानरमा सरोज न्यौपानेको प्रस्तुतीमा निर्माण भएको यस चलचित्रमा बिष्णु लामाको लगानी रहेको छ ।
thuli
ठुली :  एभरेस्ट सूर्य बोहोराले निर्देशन गरेका चलचित्र “ठुली”मा पुष्कर पन्तले लगानी गरेका छन् । चलचित्रमा नायक जीवन लुइटेल, नायिका गरिमा पन्त, कन्चन ठकुरी, निला बस्नेत, विशाल पहाडी लगायतको मुख्य अभिनय रहेको छ । यति बेला नेपाली बजारमा चलचित्र ठुलीको गीतले राम्रो चर्चा कमाइरहेको छ । चलचित्र ‘ठुली’ बास्तविक घटनामा आधारित रहेको चलचित्र युनिटले बताउदै आएको छ ।
Tandav-nepali-movie
ताण्डव : चलचित्र ताण्डवमा नम्रता श्रेष्ठ, र्यापर आशिष राना (लाहुरे), अनुप बराल लगायतका कलाकारको अभिनय रहेको छ । चलचित्र ताण्डवले तराई क्षैत्रमा हुने ड्रक्स र डनको कथा समावेश गरिएको छ । चलचित्रलाई बेलायती निर्देशक मुर्रे केरले निर्देशन गरेका हुन् । अनुप बराललाई फिचरिङ गरिएको यो गीत रामचन्द्र काफ्लेले गाएका हुन भने नरेन्द्र मैनालीले खिचेको हन् ।

%d bloggers like this: