Sat. Apr 27th, 2024

भनिन्छ व्यक्तित्व बनाउन समय लाग्छ,तर भत्किन एउटै भुल काफी हुन्छ । यतिबेला नायिका प्रियंका कार्कीलाई अाधींको बेगसरी एकपछि अर्को यस्तै दिनदशाले छुन थालेको छ ।  priyanka
केही दिन अघि फिल्म ‘नाइँ नभन्नु ल २’को सक्सेस पार्टीमा अभिनेत्री प्रियंका कार्कीको वाडरोब मल फङ्सनका कारण उतिबेलै  आलोचित बन्न पुगिन । उक्त पार्टीमा सहभागी हुदांको उनको भित्री बस्त्र देखिएको तस्बिर सार्बजनिक भए देखि नै प्रियंका निक्कै आलोचित बन्न पुगेकी थिईन। उता गत शनिबार बेलुकी सिड्नीमा प्रमुख अतिथि बन्न गएको मान्छे  पासपोर्ट हराएर हैरानी खेप्दै मलेसियाबाट काठमाडौं बल्लतल्ल फर्कनुपर्यो।
यतिले मात्र नभएर फेरि उनीमाथि सामाजिक सञ्जाल फेसबुकमार्फत रंग पत्रकारहरूको मानमर्दन गरेको भन्दै चलचित्र पत्रकार संघमा उजुरी परेको छ। यतिबेलाको समाचारलाई लिएर उनले फेसबुकमा पत्रकारलाई अभद्र टिपणी समेत पोस्ट गरेकी थिइन्। त्यो स्टाटसलाई उनले केही समयपछि बाठींदै इडिट गरेर पछि डिलिट गर्न पनि भ्याईन।
प्रियंका कार्कीको विरूद्ध सञ्चारकर्मी जीवनकुमार पराजुलीले कारबाहीको माग गर्दै उजुरी दर्ता गराएका छन। उजुरीमा पराजुलीले नायिका प्रियंकाले नेपाली सञ्चार माध्यम तथा संचारकर्मी विशेष गरी चलचित्रलाई गाली(गलौज तथा झूटा आरोप लगाएको उल्लेख गरेका छन। यता प्रियंकाले भने आफूलाई यस बारेमा केही भन्नु नभएको र अहिले आफु केही नबोल्दा नै उत्तम हुने बताएकी छिन ।
केही समय पहिले पनि नायिका सुमिना घिमिरेले रंग पत्रकार विजय आवाजलाई ज्यान मार्ने धम्की दिइएको फोनटेप सार्वजनिक भएको थियो। उक्त प्रकरण सुमिनाले माफी मागेपछि साम्य भएको थियो ।
प्रियंकाले पोस्ट गरेको स्टाटस र जिवनले चलचित्र पत्रकार संघमा दिएकाृे उजुरी यहां राखिएको छ :
priyanka 1st fb postedited post
screen shot of complain

%d bloggers like this: