Fri. Apr 19th, 2024

चलचित्र ‘श्री ५ अम्बरे’ अब पुर्णरुपमा तयार भइसकेको छ । पहिलो चलचित्र ‘अन्तराल’निर्देशन गरेकी दीपा बस्नेतले चलचित्र ‘श्री ५ अम्बरे’ पनि उनले नै निर्देशन गरेकी हुन् । महिला निर्देशकको कमि महसुश नगरिरहेको नेपाली सिनेनगरिले दिपा एक आशा गरिएकी निर्देशक हुन् । चलचित्रलाइृ दीपक आचार्य र टीएन आचार्यले सयुक्त रुपमा लगानी गरेका छन् ।
10547457_10203069085221222_5866540754624722996_n
चलचित्र ‘श्री ५ अम्बरे’मा सौगात मल्ल, केकी अधिकारी, विक्रम सिंह, श्रृजना अधिकारी, दीवाज राई, रिया श्रेष्ठ आदी कलाकाहरुले मुख्य भुमिका निर्वाह गरेको छन् । चलचित्रमा गणेश कुमार श्रेष्ठको छायांकन, चन्दन दत्तको सम्पादन छ । चलचित्रले सामाजिक कथा वस्तु संगै मनोरञ्जन पनि दिने निर्देशक बस्नेतले बताइन् ।
धेरै चलचित्रहरुमा पुरुष निर्देशकले निर्देशन गरेको चलचित्रमा अभिनय गरेकी केकीले यस पटक भने महिला निर्देशन सगँ काम गर्न पाउदा निकै खुसी रहेको बताएकी छिन् । नायिका केकी अधिकारीले डबिङ सकाए सगै उनले मिडिया मार्फत ‘श्री ५ अम्बरे’ नखेलेको भए आफूले जीवनमा ठूलो भूल गरेको ठान्ने अभिव्यक्ति दिएकी छिन् । केकीले भनेकी छिन् ‘यो चलचित्रले साच्चै नेपाली समाजलाई राम्रो सन्देश दिन सफल हुनेमा आफु विस्वस्त रहेको बताएकी छिन् ।’ केकीले चलचित्रका बारेमा निकै तारिफ गरेपछि सजिलै अनुमान लगाउन सकिन्छ कि केकी चलचित्रलाई लिएर निकै उत्हासित छिन् । साच्चै भन्ने हो भने चलचित्रले केकीलाई टुना मुनानै लगाएको छ ।
जीवनसाथी फिल्मस्को ब्यानरमा ‘श्री ५ अम्बरे’निर्माण भएको हो । चलचित्र कहिले प्रदर्शनमा आउने कुरा नबाहिरिए पनि चलचित्र श्री ५ अम्बरे’ तिहारलाई लक्षित गरेर प्रदर्शनमा आउन सक्ने बताइएको छ ।

%d bloggers like this: