Fri. Apr 26th, 2024

मुम्बई । भारतका पपुलर डान्सर अस्ताद देबुका निधन भएको छ । ७३ बर्षका देबुको निधनको समाचार उनको परिवारले सामाजिक संजाल मार्फत बाहिर ल्याएका हुन् । उनी केही समयदेखि बिरामी रहेका थिए ।
नृत्यका कारण देबुले हजारौ फ्यान तथा साथीको दिलमा स्थान बनाएका थिए । शास्त्रीय र आधुनिक नृत्यका लागि उनको निधन ठुलो क्षति हो ।
देबुका जन्म १३ जुलाई १९४७ मा भएको थियो । उनले पुरानो र आधुनिक शैली मिलाएर नृत्यको एक नयाँ शैली तयार गरेका थिए । ७० बढी देशमा उनले एकल, सामुहिक र युगल नृत्य प्रस्तुति दिएका छन् ।
नृत्यको क्षेत्रमा योगदानको कारण उनलाई १९९५मा ‘संगीत नाटक अकादमी’ पुरस्कार दिइएको थियो । २००७मा उनलाई ‘पद्यश्री’बाट पनि सम्मान गरिएको थियो ।
उनले बलिउड फिल्म निर्देशक मणिरत्नम, विशाल भारद्धजका फिल्म तथा एमएफ हुसैनकी फिल्म ‘मीनाक्षी ः ए टेल अफ थ्री सिटीज’मा कोरियोग्राफी गरेका थिए ।

Leave a Reply

%d bloggers like this: