Tue. May 7th, 2024

एजेन्सी । कोरोना भाइरसको महामारीविरूद्ध फाइजरको भ्याक्सिन बिस्तारै आपतकालीन प्रयोगका लागि स्वीकृत हुँदैछ । सर्वप्रथम बेलायतमा स्वीकृत भएको यो भ्याक्सिन अहिले क्यानडामा पनि स्वीकृत भइसकेको छ । त्यहाँ १६ वर्षभन्दा माथिका मानिसहरूका फाइजरको भ्याक्सिन लगाउन अनुमति दिइएको छ ।
अन्तिम क्लिनिकल ट्रायलमा ९५ प्रतिशत प्रभावकारिता देखिएसँगै यो भ्याक्सिनले कोरोना भाइरसको महामारी अन्त्य गर्ने विश्वास लिइएको छ । फाइजरको भ्याक्सिनबारे १० तथ्यहरू प्रस्तुत गरेका छौँ । जुन सबैलाई थाहा नहुन सक्छ ।
१. ९५ प्रतिशत प्रभावकारी देखिएको यो भ्याक्सिन २१ दिनको अन्तरालमा दोश्रो डोज लगाइसक्नुपर्ने हुन्छ ।
२. बेलायतमा पहिलो चरणमा पाका उमेरका र स्वास्थ्यकर्मीलाई यो भ्याक्सिन दिइने तय भएको छ । पाका उमेरकामा पनि ८० वर्षभन्दा माथिकाले यो भ्याक्सिन पहिले लगाउन पाउँछन् । फाइजरको भ्याक्सिन सबैभन्दा पहिले बेलायतकी ९० वर्षीय हजुरआमाले लगाएकी थिइन् ।
३. फाइजर र बायो एनटेकले २०२० को अन्तिमसम्म ५० मिलियन डोज भ्याक्सिन सप्लाइ गर्ने बताएको छ । त्यस्तै, २०२१ को अन्तिमसम्ममा ५.१ बिलियन डोज भ्याक्सिन सप्लाइ गर्ने ती दुई कम्पनीको लक्ष्य छ ।
४.  फाइजरको भ्याक्सिन सामान ढुवानी गर्ने बाकसमा ३० दिनसम्म राख्न सकिने फाइजरले जानकारी दिएको छ ।
५. यो भ्याक्सिन गरीब मुलुकका लागि सजिलै पहुँच योग्य नहुन सक्छ । किनकी यसलाई माइनस ७० डिग्रीको तापक्रममा राख्नुपर्ने हुन्छ ।
६. फाइजर र बायोएनटेकले यो भ्याक्सिनको एक डोजको २० डलर पर्ने बताएको छ ।
७. यो भ्याक्सिन एमआरएन प्रविधिबाट निर्माण गरिएको हो । भ्याक्सिनको विकासमा यो नयाँ प्रकृया अथवा प्रविधि हो ।
८. विश्वभर कोरोनाका लागि भनेर अनुमति पाउने यो नै पहिलो भ्याक्सिन हो । यद्यपी अहिलेसम्म जम्मा २ वटा देशले मात्रै यो भ्याक्सिनलाई प्रयोग गर्ने अनुमति दिएका छन् । अमेरिकाले पनि फाइजरको भ्याक्सिन प्रयोग गर्नेबारे छलफल गरिरहेको बताइएको छ ।
९. चीनको वुहानमा पहिलोपटक कोरोना भाइरस देखिएको लगभग एक वर्षपछि यो भ्याक्सिनले अनुमति पाएको हो ।
१०. बेलायत सरकारले एलर्जीको समस्या हुनेलाई यो भ्याक्सिन नलगाउन आग्रह गरेको छ ।

Leave a Reply

%d bloggers like this: