Fri. Apr 26th, 2024

सांगीतिक प्रेम कथामा आधारित फिल्म लभ स्टेशनको फस्ट लुक्स सार्वजनिक गरिएको छ । सार्वजनिक पोस्टरमा नायक प्रदीप खड्का र नायिका जसिता गुरुङको प्रेम भावलाई प्रस्तुत गरिएको छ ।

उज्जवल घिमिरे निर्देशित फिल्म लभ स्टेशनको परिचयात्मक पोस्टर सार्वजनिक गरिएको हो । ‘लभ स्टेशन’ नयाँ वर्षको अबसर पारेर २२ चैतबाट रिलिज हुँदैछ । फिल्मको प्रदर्शन मिति नजिकिएकाले पोष्टर सार्वजनिक गरिएको यसका प्रस्तुतकर्ता गोविन्द शाहीले जानकारी गराए । रिलिज गरिएका पोष्टरमध्ये दुई पोष्टर पिङसँग छ । अभिनेता प्रदीप र अभिनेत्री जसिताको सम्बन्धलाई पिङ मार्फत एउटा पोष्टरमा दर्शाईएको छ । अभिनेत्री जसिताको ‘क्यारेक्टर इन्ट्रोडक्सन’ पोष्टरमा उनी पिङमा रमाएकी छिन् । यस्तै अभिनेता प्रदीपको ‘क्यारेक्टर क्यारेक्टर इन्ट्रोडक्सन’ पोष्टरमा उनलाई गीटारको साथ प्रस्तुत गरिएको छ ।

सबै पोष्टरको डिजाईन आनन्द महर्जनले गरेका हुन् । लभ स्टेशनको जुन तारा चाहिंदैन बोलको गीत सार्वजनिक भैसकेको छ । अभिनेता प्रदीप खड्काले यो पारिवारिक प्रेमकथामा आधारित रहेकाले बिगतको सिनेमा भन्दा लभ स्टेशनमा आफ्नो काम केही पृथक रहेको बताएका छन् ।

फिल्म लभ स्टेशनमा मा प्रदीप र जसितासँगै रमेश बुढाथोकी, प्रकाश शाह, रेशु भट्टराई, बिनोद कुमार पौड्याल, प्रिया रिजाल, सरु बिष्ट, रवी डंगोल, दिनेश काफ्ले, कालु रानासहितको अभिनय छ । लभ स्टेशनलाई काफिया फिल्मस्को व्यानरमा काफिया शाही (क्रिसु) र कविरबिक्रम शाहीले निर्माण गरेका हुन् ।

आलोक शुक्लाको छायाँकन रहेको लभ स्टेशनमा शम्भुजीत बाँस्कोटा, दीपक शर्मा, राजनराज शिवाकोटी र एलिश कार्कीको संगीत छ । जसमा अर्जुन जिसी र लोकेश बज्राचार्यको सम्पादन, शिशिर खातीको कोरियोग्राफी रहेको छ ।

ramailochha.com

Leave a Reply

%d bloggers like this: