Wed. May 8th, 2024

काठमाडौँ । फिल्म ‘साइँली’को ट्रेलर आइतबार सार्वजनिक गरिएको छ ।
फिल्मको लेखन र निर्देशन रामबाबु गुरुङले गरेका हुन् । विशाल गुरुङ र मोहन राना मगरको निर्माण रहेको फिल्मको छायांकन शैलेन्द्र डि कार्कीको गरेका छन् । फिल्मको सम्पादन निमेश श्रेष्ठको रहेको छ ।
फिल्ममा संगीत काली प्रसाद बाँस्कोटा, सुशान्त गौतमको रहेको छ भने गायन हेमन्त राणा, काली प्रसाद बाँस्कोटा र सुशान्त गौतमको रहेको छ ।
मेनुका प्रधान, दयाहाङ राई, गौरव पहारी, केनिपा सिंह, प्रकाश घिमिरे, पुस्कर गुरुङ, लोकेन्द्र लेखक, किरण चाम्लिङ लगायतका कलाकारहरुको अभिनय रहेको फिल्म चैत १५ गते रिलिज हुँदैछ ।

Leave a Reply

%d bloggers like this: