Tue. May 7th, 2024

फ्राइडे रिलिज अन्तर्गत आज फागुन १७ गते फिल्म ‘द ब्रेकअप’ र ‘क्याप्टेन’ हलमा लागेका छन् । फिल्म होस्टल मार्फत अनमोल केसीलाई फिल्मी क्षेत्रमा भित्र्याएका निर्देशक हेमराज बिशीको फिल्म आज अनमोलकै फिल्मसंग हलमा व्यवशायिक प्रतिष्पर्धा गर्न लागेको हो ।

अनमोलको होम प्रोडक्शनमा निर्माण गरिएको फिल्म ‘क्याप्टेन’ मा उनी फुटबल क्याप्टेनको भूमिका निर्वाह गर्दै छन् । भुवन केसी निर्माता रहेको फिल्मका निर्देशक दिवाकर भट्टराई हुन् । प्रशान्त ताम्राकार फिल्ममा अनमोलको फुटबल कोचको भूमिकामा देखिने छन् । फिल्ममा अनमोल केसीसँगै सुनिल थापा, सरोज खनाल, विल्सन बिक्रम राईको साथमा नायिकाहरु उपासना सिंह ठकुरी, प्रियंका एमभी लगायतको अभिनय रहेको छ ।
फिल्म ‘द ब्रेकअप’ मा आशिरमान देशराज जोशी, शिल्पा मास्के, रेमनदास श्रेष्ठ, सरोज खनाल, नव–कलाकार इच्छा कार्की लगायतका कलाकारको अभिनय रहेको छ । बिसी मोसन पिक्चर्स र ह्याप्पी प्लानेट फिल्म्सको प्रस्तुती रहेको फिल्ममा कथा, पटकथा तथा निर्देशन हेमराज बिसीको रहेको छ । फिल्मलाई रुपक थापा, दीपक खतिवडा, रेणु राणा र निर्देशक हेम राज बिसीले संयुक्त रुपमा निर्माण गरेका हुन् । फिल्ममा नरेन्द्र मैनालीको डिओपी र सुरेन्द्र पौडेलको सम्पादन रहेको छ ।

Leave a Reply

%d bloggers like this: