Fri. Apr 26th, 2024

काठमाडाैं ।
चलचित्र कथा काठमाडौँको नयाँ गीत सार्वजनिक भएको छ । यस अघि पहिलो गीतस्वरुप ‘रातको कुरा’ रिलिज भएको थियो । अभिनेत्री प्रियंका कार्की र अभिनेता प्रमोद अग्रहरीको हट सिनको कारण विवाद र चर्चामा रहेको उक्त गीत पछि यतिबेला निर्माण पक्षले नयाँ गीत रिलिज गरेको हो ।
‘जुन अनि तारा’ बोलको उक्त सार्वजनिक गीतले चलचित्रमा समावेश भएको तीन कथा र पात्रहरूलाई प्रस्तुत गरेको छ । सार्वजनिक गीतमा सुगम पोखरेलले स्वर दिएका छन् भने सङ्गीत दीपेश सुब्बा, शब्द इसान सुब्बाको रहेको छ । गीतमा चलचित्रका कलाकारहरू प्रियंका कार्की, प्रमोद अग्रहरी, आयुष्मान देशराज जोशी, संजोग कोइराला, सन्ध्या केसी र प्रेक्षा अधिकारीको अभिनय रहेको छ । आहाना फिल्मस्को ब्यानरबाट निर्माण भएको कथा काठमाडौँलाई संगीता श्रेष्ठले निर्देशन गरेकी हुन् । चलचित्रमा निर्देशक श्रेष्ठको नै कथा रहेको छ । बिजय राईको निर्माण रहेको चलचित्रमा छायाङ्कन भने लुजा सिंहको रहेको छ । चलचित्र आउँदो असोज १२ गतेबाट प्रदर्शनको तयारीमा रहेको छ ।

Leave a Reply

%d bloggers like this: