Mon. May 6th, 2024
काठमाडाैं ।
 साउन ४ गतेबाट प्रदर्शनमा आएको फिल्म ‘भैरे’ को दोस्रो पार्ट बन्ने भएको छ । बिहीवार राजधानीमा एक कार्यक्रमका बीच निर्माण टिमले ‘भैरे २’ निर्माण गर्ने घोषणा गरेको छ ।
फिल्मले नेपालबाट लगानी सुरक्षित गरेसँगै दोस्रो सिरिजको तयारी थालेको निर्माता प्रेम प्रसाद पौडेलले बताए । उनले ‘भैरे’ को सफलताको श्रेय दर्शक र मिडियालाई दिँदै भने, ‘हामी नेपालबाटै सुरक्षित भएका छौं । अब दोस्रो भाग निर्माणमा लाग्छौं ।’
‘भैरे २’ को निर्देशन एभरेष्ट सूर्य बोहराले नै गर्नेछन् । फिल्ममा केही नयाँ र पुराना कलाकारहरु हुने निर्देशक बोहराले बताए । उनले भने, ‘दोस्रो सिरिजमा केही नयाँ कोशिश गर्ने छौं । ‘भैरे’ मा भएका कमी कमजोरीहरु दोस्रो पार्टमा नदोहोर्‍याउन हामी सर्तक रहने छौं ।’
कार्यक्रममा फिल्मको नेपाल बक्सअफिस कलेक्सन भने निर्माण पक्षले खुलाउन चाहेन । निर्माता पौडेलले केही दिनमा फिल्मको नेपाल कलेक्सन सार्वजनिक गर्ने प्रतिबद्धता जनाए । उनले फिल्मको विदेशमा राम्रो डिमाण्ड रहेको बताएका छन्

Leave a Reply

%d bloggers like this: