Fri. Apr 26th, 2024

काठमाडाैं । १२ बैशाख – भारतीय फिल्म स्टार  सञ्जय दतकाे जीवनीमा अाधारित भएर बनेकाे फिल्म ‘ सञ्जु ‘ काे टिजर सार्वजनिक भएकाे छ । १ मिनेट २५ सेकेण्डकाे यस ट्रिजरकाे पहिलाे लुक्समै रणवीर कपुरलार्इ देख्न सकिनेछ । रणवीर कपुरले सञ्जय दतकाे भूमिका निभाएकाे यस फिल्ममा हेराैं कुन कुन कलाकारहरूले क-कस्काे भूमिका निभाएका छन् ।
 
राजकुमार हिरानी निर्देशित यस फिल्ममा सञ्जयकाे पिताकाे राेल परेश रावलले लिएका छन् भने उनकी अामा नगरीश दतकाे राेल मनिषा काेर्इरालाले निभाउँदै छिन् । जुन तस्बीर केहि समय पहिले सामाजिक सञ्जालमा भाइरल भएकाे थियाे ।
सञ्जय दतकी पत्नी मान्यताकाे राेल अभिनेत्री दिया मिर्जाले निभाउँदै छिन् । उनले हिरानीसँग याे भन्दा पहिले पनि काम गरिसकेकी छिन् । त्यसै गरि सलमान खान , माधुरि दिक्षित र कुमार गाैरवकाे राेल क्रमशः जिम सरब , करिश्मा तन्ना र विक्की काैशलले क्रमशः निभाउँदै छन् ।
 
याे फिल्म यहि वर्षकाे जुन २९ तारिखमा प्रदर्शनमा अाउने बताइएकाे छ ।

Leave a Reply

%d bloggers like this: