Sat. May 4th, 2024

काठमाडाैं । ११ बैशाख – भारतीय फिल्म स्टार  सञ्जय दतकाे जीवनीमा अाधारित भएर बनेकाे फिल्म ‘ सञ्जु ‘ काे टिजर सार्वजनिक भएकाे छ । १ मिनेट २५ सेकेण्डकाे यस ट्रिजरकाे पहिलाे लुक्समै रणवीर कपुरलार्इ देख्न सकिनेछ ।  राजकुमार हिरानीद्वारा निर्देशित यस टिजर  सार्वजनिक भएकाे केहि क्षणमै सामाजिक सञ्जालमार्फत भाइरल भएकाे छ ।
 
यस टिजरलार्इ फक्स स्टार हिन्दीले युट्युबमा रिलिज गरेकाे हाे जसकाे सुरूवात पुणेकाे यरवडा जेलबाट सुरू हुन्छ । रणवीर जेलबाट बाहिर निस्किँदै गरेकाे सिनबाट टिजर सुरू भएकाे छ ।
याे समाचार तयार पार्दासम्म याे टिजरकाे युट्युबमा भ्युज ३ लाख २९ हजार रहेकाे छ ।

Leave a Reply

%d bloggers like this: