Tue. May 7th, 2024

कामाडाैं । १२ बैशाख – केही समय यता नेपाली चलचित्र प्रचार प्रसारका लागि चलचित्रको टिमले फरक तथा अाकर्षक प्रचार शैली अपनाउँदै अाएका छन् । चलचित्रको प्रचार प्रसारको लागि बिशेष बिशेष स्थानहरूमा चलचित्रको सम्पुर्ण टिमको साथमा विभिन्न खालको कार्यक्रमहरुको आयोजना समेत गर्ने गरेका छन भने यसै क्रममा प्रदर्शन मिति नजिकिँदै गर्दा निर्देशक मिलन चाम्सद्वारा निर्देशित चलचित्र ‘ह्याप्पी डेज’ले रथ यात्रा गरेर चलचित्रको प्रचार पसार गरेको छ ।
पब्लिसिटीका लागि चलचित्रको टिमले आफ्ना चलचित्रमा रहेको लिड कलाकारलाई बग्गीमा राखेर ललितपुरदेखि काठमाडौंसम्मको यात्रा गराएका हुन । बग्गीमा  नायिका प्रियंका कार्की र नायक संजय गुप्ता बसेका थिए भने प्रियंका कार्की र संजय गुप्ताले बग्गीमार्फत सडक यात्रुलाई अभिवादन सहित चलचित्र हेर्न  आग्रह गरेका थिए । लगनखेलदेखि सुरु भएको बग्गी यात्रा भृकुटीमण्डपमा पुगेर प्रेसमिटमा परिणत भएको थियो ।
निर्देशक मिलन चाम्स इन्टरटेनमेन्ट र लन्डन सिने आईको व्यानरमा निर्माण भएको यस चलचित्रमा दयाहाङ राई, प्रियंका कार्की, संजय गुप्ता, दीया पुन, विक्की जोशी, शिशिर राणा, रुपा पुन, रिकेश चाम्स र जेन बकलको मुख्य अभिनय रहेको छ भने  बिपी खनाल, भवानी शर्मा, हिराल जोशी, मिलन चाम्स र डा. अशोक खनालको निर्माण रहेको छ।
.

Leave a Reply

%d bloggers like this: