“जिन्दगीको पल पलमा “गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ l धिताल म्युजिक एण्ड फिल्मस प्रा.लि . द्वारा निर्मित उक्त भिडियोलाइ दिपेश राज पाण्डेले निर्देशन गरेका छन् l “जिन्दगीको पल पलमा ” गितलाइ बि बि अनुरागीले संगीत दिएका छन् भने शब्द पनि स्वयम् अनुरागीकै रहेको छ l आधुनिक जनराको मेलोडी गितका गायक भने भुपाल पुन मगर रहेका छन् l प्रकृतिका छटा संग माया प्रितीका भावना तुलना गर्दै गायकले आफ्ना मनोभाव गितका माध्यामबाट प्रस्तुत गरेका छन् l खोला नाला ,हरियाली पहाड , झरना जस्ता मनोरम दृश्यहरुलाई भिडियोमा कैद गरिएको छ l गणेश बहादुर बोगटी र अनु पराजुलीको अभिनय रहेको सो म्युजिक भिडियोलाइ मरुभूमि नारायणले छायांकन गरेका छन् भने सम्पादन रोसन धितालको रहेको छ l
“जिन्दगीको पल पलमा” भिडियो सार्वजनिक
Byadmin
Dec 25, 2017Related Post
अनमोलको ‘फर्की फर्की’को विदेशमा उच्च डिमाण्ड
Apr 24, 2024
‘डिग्री माइला’ले एक हप्तामा कमायो ५ करोड ५ लाख ग्रस
Apr 19, 2024