Thu. Apr 25th, 2024
निर्माण  समयदेखिै नै चर्चाको विषय बन्दै आएको बहुप्रतीक्षित चलचित्र ‘ह्याप्पी डेज’को  ट्रेलर सार्वजनिक भएको छ । सार्वजनिक ट्रेलरमा एक्सन, लभ तथा ड्रामाको स्वाद पस्किएको छ । मिलन चाम्स निर्देशित ‘ह्याप्पी डेज’लाई लन्डन सिने आइ र चाम्स इन्टरटेनमेन्टको ब्यानरमा निर्माण गरिएको हो । रोमान्टिक ड्रामा मिश्रित यो फिल्ममा दयाहाङ राई, प्रियंका कार्की, सञ्जय गुप्ता, विक्की जोशी, शिशिर राणा, रुपा पुन, रिकेश चाम्स लगायतका कलाकारहरुको अभिनय छ ।  पैसा कमाउन बेलायत पुगेको एक नेपाली युवकको बैधानिक बसोबासका लागि गर्ने संघर्षको कथा फिल्मले बोल्छ ।
२ करोड ५० लाखमा निर्माण गरिएको ‘ह्याप्पी डेज’लाई रामकुमार केसीले खिचेका हुन् । चलचित्रको कथा सञ्चारकर्मी नरेश भट्टराई र निर्देशक दिनेश राउतले संयुक्त रुपमा लेखेका हुन् ।वीपि खनाल, भवानी शर्मा, हिराल जोशी र मिलन चाम्स निर्माता रहेको यो फिल्मको छायांकन लन्डनका अलावा नेपाल, वेल्स, इङ्ल्याड, स्कटल्यान्ड लगायतका देशहरुमा गरिएको हो । फिल्म ‘ह्याप्पी डेज’लाइ काठमान्डू भ्याली भित्र काफिया फिल्म्स प्रा लि (गोबिन्द शाही )ले वितरण गर्दै छ भने भ्याली बाहिरको वितरण पक्षको जिम्मा भेनकाटेश फिल्म्सले लिएको छ lचलचित्र ‘ह्याप्पी डेज’को प्रदर्शन मिति माघ १२ गते तोकिएको छ ।
https://www.youtube.com/watch?v=gtEfXBx8mmc

Leave a Reply

%d bloggers like this: