Fri. Mar 29th, 2024
 झन्डै २ दशकपछि नायिका रेखा थापा फिल्म ‘हिरो रिटर्न्स’  लिएर दर्शकमाझ आउँदैछिन् । निर्माता तथा नायक सविन श्रेष्ठले फिल्म ‘हिरो रिटर्न्स’को अफिसियल रिलिज घोषणा गरेका छन् ।
निर्माण सम्पन्न भएको लामो समयसम्म फिल्मको प्रदर्शन मिति तय नभएको चर्चा चल्दै गर्दा निर्माण टिमले नयाँ बर्ष २०७५ को बैशाख २८ बाट फिल्म दर्शकमाझ ल्याउने निधो गरेको छ । यो फिल्ममा सविन र रेखासँगै, दिल श्रेष्ठ, सरोज खनाल, सुलेमान शंकर ‘इकु’, रोशन श्रेष्ठ, डिबी बम्जम, सुशान्त श्रेष्ठ, किरण श्रेष्ठ लगायतको अभिनय छ ।
अभिनेता तथा निर्माता सविनले यसअघि नै फिल्मको सम्पुर्ण काम सकिए पनि त्यसमा केहि कुराहरु चित्तबुझ्दो ननिस्केको र ‘रि सुट’को आवश्यकता देखिएपछि रिलिजका लागि केही ढिलो भएको बताए । उनका अनुसार, फिल्ममा समावेश केही दृश्यहरु पुनः छायांकन गरिएको छ । फिल्मलाई आशिष भेटवालले निर्देशन गरेका हुन् ।
फिल्ममा शिवम अधिकारीको कथा, मदनकाश्यप घिमिरेको छायांकन, दिपक शर्मा र टंक बुढाथोकीको संगीत, कविराज गहतराजको कोरियोग्राफी, चन्द्र पन्तको एक्सन र मित्र गुरुङको सम्पादन रहेको छ । चन्द्र गौतम यो फिल्मका कार्यकारी निर्माता हुन् । सविन फिल्मस् को ब्यानरमा बनेको फिल्म ‘हिरो रिटर्न्स’मा भिम न्यौपाने, अमित श्रेष्ठ, ध्रुब न्यौपाने निर्मातामा छन् ।

Leave a Reply

%d bloggers like this: