Fri. Apr 26th, 2024
सोमवार राजधानीको कमलादी स्थित गणेश मन्दिरमा पुजाअर्चना गर्दै फिल्म‘शत्रु गते’को शुभ मुहर्त गरिएको छ । मुहर्तसँगै फिल्म यूनिट छायांकनका लागि विरगञ्ज प्रस्थान गरेको छ । यो फिल्म मह सञ्चारको प्रस्तुती र किरण केसीको निर्माणमा बन्न लागेको हो ।फिल्मलाइ  निर्देशक प्रदीप भट्टराईले निर्देशन गर्न लागेका छन्  l
नायक पल शाह र नायिका आँचल शर्मा यो फिल्मका मुख्य कलाकार हुन् । पल र आँचलका अलावा फिल्ममा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, दीपकराज गिरी, दीपाश्री निरौला, शिवहरी पौडेल, प्रियंका कार्की, राजाराम पौडेल लगायतका कलाकारहरुको पनि अभिनय रहनेछ । रमिला आचार्य, यशोदा सुवेदी, नरेन्द्र कंसाकार, दीपकराज गिरी, दीपाश्री निरौला र शिवहरी पौडेल फिल्मका निर्माता हुन् ।
मुहर्त पश्चात सञ्चारकर्मीसँग कुरा गर्दै निर्देशक भट्टराईले फिल्ममा दीपाश्री निरौला र हरिवंश आचार्यको जोडी बाँधिने बताए । फिल्ममा हरिवंश आचार्यको कथा, दीपकराज गिरी र प्रदीप भट्टराईको पटकथा, हरिवंश आचार्य र प्रदीप भट्टराईको संवाद छ ।
 फिल्ममा दीर्घ गुरुङको छायांकन, कविराज गहतराजको नृत्य र राजनराज सिवाकोटीको गीत तथा संगीत सुन्न सकिनेछ । ५० दिनसम्म सुटिङ चल्ने फिल्मको प्रदर्शन मिति चैत ९ गतेलाई घोषणा गरिएको छ ।

Leave a Reply

%d bloggers like this: