Fri. Apr 26th, 2024
कात्तिक ९ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको वर्षको प्रतिक्षीत फिल्म ‘ऐश्वर्य’ सेन्सर पास भएको छ । आइतवार केन्द्रीय चलचित्र जाँच समितिले फिल्मलाई पिजी सर्टिफिकेट दियो । अब यो फिल्म १६ वर्ष उमेर मुनीकाले फिल्म हेर्न अभिभावक लिएर जानु पर्ने हुन्छ।
  निर्माणपक्षले दिएको जानकारी अनुसार, फिल्ममा खतरनाक एक्सन सीन भएका कारण सेन्सर बोर्डले  ‘ऐश्वर्य’लाई ‘पिजी’ सर्टिफिकेट दिएको हो ।
फिल्ममा समावेश ‘तिमी रोएको पल’ बोलको गीतले अहिले सिनेबजारमा राम्रै तहल्का मच्चाएको छ ।सुदीप बरालले खिचेको यो फिल्ममा रमेश उप्रेती, प्रशान्त ताम्राकार, दीपिका प्रसाई, केकी अधिकारी, निर्मल शर्मा, अर्जुन श्रेष्ठ, केशव भट्टराई, विकास खतिवडा लगायतका कलाकारहरुको अभिनय छ ।रमेश उप्रेती प्रस्तुतकर्ता रहेको यस फिल्ममा अर्जुन श्रेष्ठ र किरण राणा उप्रेती निर्माता रहेका छन् । फिल्मका लेखक तथा निर्देशक दीवाकर भट्टराई हुन् ।

Leave a Reply

%d bloggers like this: