Fri. Apr 26th, 2024

नेपाली फिल्म इनडसट्रीमा उदयमान व्यक्तित्व मध्ये एक हुन् करीना l अभिनय र गायनमा आफुलाई अब्बल कलाकारको रुपमा प्रस्तुत गर्न सफल करीनाको गीति एल्बम बजारमा आएको छ l उक्त एल्बममा ५ वटा गीत समावेश गरिएको छन जसमा नेपालकी छोरी ..,तिमीलाई किन ..,मेरो पनि जिन्दगीको ..,मेरो दिलमा ..र उडु उडु भन्छ यो मन ..जस्ता कर्ण प्रिय गितहरु समावेश गरीएका छन् l
नेपाल कि छोरी ,,भन्ने गितको म्युजिक भिडियो सार्वजानिक भए लगतै स्वदेशप्रति एउटी चेलीको मनको भावनालाई गीतद्वारा प्रस्तुत गरिएको जनाईएको छl उक्त भिडियोलाइ एम बि गुरुङले निर्देशन गरेका छन् भने मिना पर्खिन लामा र साथीहरुको अभिनय रहेको छ l करिना द्वारा स्वरवद्द सो गीतमा संगीत सन्तोष प्रगाडको रहेको छ भने मिन सागर लामाको शव्द रहेको छ l फुल एच डी क्वालिटीमा निर्माण भएको उक्त म्युजिक भिडियोमा मनोरम ,सुन्दर दृश्यहरुलाइ कैद गरिएको छ l डिजिटल मार्केटिंग जिनियस म्युजिकद्वारा युट्युवमा लन्च गरिएको “नेपाल कि छोरी” ..बोलको गितले सबै दर्शक स्रोताको मन मुटुमा बस्न सफल भएको छl

Leave a Reply

%d bloggers like this: