Fri. Apr 26th, 2024

मनोरंजनसंसार डटकम
बलिउड स्टार आमिर खानको फिल्म “दंगल” ले नोटबंदीको बिचमा पनि बक्स अफिसमा पहिलो दिन धमाकेदार कमाई गरेको छ | यति बेला मार्केट एनालिस्ट यो चलचित्रले ३ दिनमा १०० करोडको आकडा पार गर्ने अनुमान लगाईरहेका छन् | फिल्मले पहिलो दिनमा २९ करोड ७८ लाखको व्यापार गरेको छ |
dangal
सुरुको दिन देखि नै यस चलचित्रको तुलना सलमान खानको फिल्म “सुल्तान” संग भईरहेको थियो | यस हिसाबले यो पनि मानिएको थियो कि जुन हिसाबले “दंगल” ले प्रतिक्रिया पाईरहेको छ यसले “सुल्तान” को पहिलो दिनको कमाईको रेकर्ड ब्रेक गर्नेछ | तर यस्तो हुन सकेन | सलमान खानको फिल्म “सुल्तान” ले पहिलो दिनमा ३६ करोड ५४ लाखको व्यापार गरेको थियो र २०१६ मा रिलिज भएका फिल्म मध्ये पहिलो दिनको कमाई गर्नेको रेकर्ड आफ्नो नाम गरेको थियो |
dangal
यस हिसाबले आमिर खानको फिल्म “दंगल” दोस्रो नम्बरमा रहेको छ र शाहरुख खानको फिल्म फ्यान लाई पछि पारेको छ | शनिवार र आइतवारको छुट्टीको फाइदा यस चलचित्रलाई मिल्ने र यसले ३ दिनमा नै १०० करोडको आकडा पार गर्ने अनुमान यति बेला मार्केट एनालिस्टले लगाएका छन् |
dangal
फिल्मको कहानी हरियाणाको पहलवान महावीर सिंह फोगटको जिन्दगी माथि आधारित रहेको छ र आमिर खानले पहलवान महावीर सिंह फोगटको भूमिकालाई जीवन्त पार्नेमा कुनै कसर छोडेका छैनन् | यस फिल्ममा देखाइएको छ कि कसरी महावीर सिंह आफ्नो छोरीहरुलाई कुश्तीको दाउ पेच सिकाएर रेसलिङको च्याम्पियन बनाउछन् | यति बेला फिल्मले पाइरहेको उत्कृष्ट प्रतिक्रियाले यो साफ छ कि फिल्मले दर्शकहरुको साथ साथ समिक्षकहरुको पनि मनमा राज गरिसकेको छ |
dangal
रिलिज भन्दा अगाडी यो फिल्मको सलमान खानको फिल्म “सुल्तान” संग खुबी तुलना भईरहेको थियो तर “सुल्तान” र “दंगल” मा कहानी देखि अभिनय सम्म कुनै तुलना रहेको छैन | दुवै फिल्म रेसलिङमा आधारित छ तर उस्तै किसिमको भने केहि पनि छैन | “सुल्तान” मा लव स्टोरी रहेको थियो भने यो फिल्म बुवा र छोरीको सम्बन्धमा बनेको छ |
हेर्नुस ट्रेलर :

Leave a Reply

%d bloggers like this: