Thu. Apr 25th, 2024

मनोरंजनसंसार डटकम
पुस १५ गते देखि प्रदर्शनको लागि तयारी अवस्थामा रहेको चलचित्र “समर्पण” ले आफ्नो नया गीत सार्वजनिक गरेको छ | “दुनिया रिसाए” बोलको गीतमा शब्द संगीत र स्वर टंक बुढाथोकीको रहेको छ र उनलाई स्वरमा गायिका त्रुप्ति खड्काले साथ दिएकी छिन् | यति बेला चलचित्र टिम निकै जोड तोडले प्रचार प्रसारमा जुटेको छ | चलचित्रले यो बेलामा उपत्यका भित्र मात्र नभएर उपत्यका बाहिर मोफसलमा समेत प्रोमोसनको काम तिब्र पारेको छ |
samarpan
इमरान सिद्दिकीको निर्माण रहेको चलचित्रमा रोजन रखाल , रन्जु शर्मा , प्रयास तामाङ , रुबी शर्मा , आशा भुसाल लगाएतका कलाकारहरुको मुख्य अभिनय रहेको छ | चलचित्रको लेखक टिकाराम रखाल हुन् भने चलचित्रलाई निर्देशन गर्ने काम भने निर्देशक बसन्त निरौलाले गरेका छन् | चलचित्रका साथी बिचको गहिरो मित्रताको सम्बन्धको बिषयलाई नै केन्द्र बिन्दु बनाईएको कुरा निर्माण पक्षेले बताएको छ |
हेर्नुस गीत :

हेर्नुस ट्रेलर :

Leave a Reply

%d bloggers like this: