Fri. Apr 19th, 2024

मनोरंजनसंसार डटकम
आउदो बर्षको सुरुवातमा प्रदर्शनको लागि धेरै चलचित्र तम्तयार भएर बसेका छन् | त्यसै मध्य एक चलचित्र हो “लालपुर्जा” | टेकेन खड्काको निर्माणमा तयार भएको उक्त चलचित्रले आफ्नो प्रदर्शन मिति तय गरेको छ | चलचित्र आउदो बर्षको बैशाख २८ गते प्रदर्शनमा आउने कुरा निर्माण पक्षेले दिएको छ |
laalpurja
यहि हिसाबमा बैशाखको पहिलो सातामा २ चलचित्र “घामपानी” र “लालपुर्जा” को भिडन्तको कुरा पनि अब साम्य भएको छ | दुवै पक्षेले आपसी सल्लहाको बिचमा नै उक्त प्रदर्शन मितिको कुरा मिलाएका हुन् | चलचित्र “घामपानी” पनि अहिले प्रदर्शनको लागि तम्तयार नै भएर बसेको छ तर प्रदर्शन मितिको बारेमा भने कुनै खुलासा भएको छैन |
ghampani
चलचित्र “लालपुर्जा” मा नायक सौगात मल्लले डेब्यु नव नायिका मेरिना मगर संग स्क्रिन शेयर गर्दैछन् | त्यस्तै उता चलचित्र “घामपानी” मा भने नायक दयाहाङ राई र नायिका केकी अधिकारीको जबरजस्त रोमान्स हेर्न पाइने छ |
ghampani
चलचित्र “घामपानी” लाई राम बाबु गुरुङले निर्माण गरेका छन् | त्यसै गरि राम बाबु गुरुङले निर्माता टेकेन खड्काको अर्को चलचित्र “सुपर झोले” मा निर्देशनको जिम्मा लिएका छन् | यस हिसाबले पनि कुरा समझदारीमा अगाडी बढेको कुरा बाहिर आएको छ |

Leave a Reply

%d bloggers like this: