Fri. Apr 26th, 2024

मनोरंजनसंसार डटकम
दशैंको आगमन संगै अब असोज महिनामा चलचित्र प्रदर्शनको टक्कर हुने भएको छ | केहि समय अगाडी असोज २१ गते प्रदर्शन मिति तय गरेको चलचित्र किङ्ग ले प्राबिधिक कारण बस आफ्नो प्रदर्शन मिति अलि पछि सारे पछि चलचित्र “किस्मत २” ले सांस फेर्ने मौका पाएको थियो | तर अब फेरी असोज २१ गते नै चलचित्र “सुब्बा साब” प्रदर्शनको लागि आउने भएको छ | यस पटकको दशैं नेपाली दर्शकहरुको लागि खुसिको समय हुनेछ | चलचित्रको यस किसिमको टक्करले दर्शकहरुले आफुले छानेर चलचित्र हेर्ने पाउनु हुनेछ |
kismat-2
kismat-2
छबि राज ओझा प्रोडकसनको प्रस्तुति रहेको चलचित्र “किस्मत २” को निर्माता छबि राज ओझा हुन् भने निर्देशक ऋषि लामिछाने हुन् | चलचित्रमा शिल्पा पोखरेल , किश्वोर खतिवडा , पृथ्वी राज लगाएतका कलाकारहरुको मुख्य भूमिका रहेको छ | चलचित्रको निर्माता तर्फ दिजेन्द्र शाक्य पनि रहेका छन् | मदन काश्यप घिमिरेको छायांकन रहेको चलचित्रमा चन्द्र पन्तको द्वन्द निर्देशन रहेको छ | चलचित्र पूर्ण रुपमा लव स्टोरी र एक्सन जेनेरमा तयार भएको र दर्शकहरुलाई पूर्ण रुपमा मनोरंजन प्रदान गर्ने विश्वास निर्माता छबि राज ओझाले ब्यक्त गर्नु भएको छ |
subba-sab
subba-sab
त्यसै गरि चलचित्र “सुब्बा साब” को निर्देशक भने राजु अधिकारी हुन् | चलचित्रमा जीवन लुइँटेल , गौरी मल्ल, सरोज खनाल, वर्षा शिवाकोटी, जान्वी बस्नेत, महिमा सिलवाल, दिपक ढकाल, अर्जुन गौतम लगाएतका कलाकारहरुको मुख्य भूमिका रहेको छ | चलचित्रका निर्माता जीवन अर्याल र रामबहादुर कोइराला हुन् | मौनता श्रेष्ठको पटकथा, हिरामणि न्यौपानेको कथा तथा संगीत र पवन गौतमको छायांकन रहेको यस चलचित्र अधिकांश छायांकन तराईको विभिन्न ठाउमा गरिएको छ |

Leave a Reply

%d bloggers like this: