Tue. May 7th, 2024

मनोरंजनसंसार डटकम
असोज २१ गते प्रदर्शन मिति तय गरेको चलचित्र सुब्बा साब को ट्रेलर सार्वजनिक गरिएको छ | केहि दिन अगाडी मात्रै प्रदर्शन मिति तोकेको चलचित्रले ट्रेलर सार्वजनिक गरे संगै प्रचार प्रसार पनि निकै तिब्र पार्दै लगिरहेको छ |
राजु अधिकारीको निर्देशनमा तयार भएको चलचित्रमा जीवन लुईंटेल, सरोज खनाल, बर्षा शिवाकोटी, गौरी मल्ल, महिमा शिलवाल लगायतका कलाकारहरुको मुख्य अभिनय रहेको छ | असुतोष फिल्मस् प्रोडक्शनको व्यानरमा निर्माण भएको चलचित्रको प्रस्तुतकर्ता हिरामणी घिमिरे हुन् भने निर्माता तर्फ एमबी क्षेत्री, राजु अधिकारी, जीचन अर्याल, कुलचन्द्र पाण्डे रहेका छन् |
पारिवारिक कथाको सुन्दर चित्रण गरिएको चलचित्रको बिषय बस्तु निकै उत्कृष्ट रहेको जानकारी निर्देशक राजु अधिकारीले दिनु भएको छ | चलचित्रले नेपाली दर्शकहरुको मन जित्ने र दशैंमा सम्पूर्ण नेपालीहरुलाई शुभकामनाको साथमा आफ्नो तर्फबाट यो चलचित्र कोसेली रहेको कुरा पनि उनले उल्लेख गरेका छन् |
हेर्नुस ट्रेलर :

Leave a Reply

%d bloggers like this: