Fri. Apr 26th, 2024

विभिन्न बेलामा आफ्नै हर्कतहरुले चर्चा र विवादमा आइरहने नायिका सुष्मा कार्कीले विवाह गरेकी छिन् । तर उनले रियल लाइफमा भने चै विवाह गरेकी होइनन् । हाल छायांकनरत चलचित्र ‘चलेछ बतास सुस्तरी’ का लागी सुष्माले एक दृश्यका लागी विवाह गरेकी हुन् । केहि दिन अगाडी मात्र आफ्नो जन्मदिन चलचित्र ‘चलेछ बतास सुस्तरी’ यूनिटसँग मनाएकी सुष्माले चलचित्रका एक कलाकारसगँ विवाद गरेकी हुन् । अरुण खड्का प्रोड्क्सन र क्रश फ्रिन्गर्स ईन्टरटेनमेन्टको ब्यानरमा अरुण खड्का र प्रदिप भारद्वाजले चलचित्र निर्माण गरेका हुन् ।

susma-kark-in-news

चलचित्रको छायांकन अब अन्तिम चरणमा पुगेको निर्माता प्रदिप भारद्वाजले जानकारी दिए । सब्बु सुबेदी र अनिला खडकाले चलचित्रलार्य निर्देशन गरिरहेका छन् । नायिका सुष्मा कार्की र नायक प्रमोद भारद्वाज मुख्य जोडीको रुपमा प्रस्तुत भएका छन् । सुष्मा र प्रमोदसँगै आकास पल, निशा नेपाल, हेमन्त बुढाथोकी, पुष्प लुईटेल लागायतको अभिनय रहेको छ । फिल्म ‘चलेछ बतास सुस्तरी’ लाई हरि लामाले खिच्दैछन् भने कविराज गहताराज र रामजी लामिछाने नृत्य निर्देशन गर्दैछन् । रोशन श्रेष्ठको द्धन्द्ध निर्देशन रहेको यो फिल्ममा सन्तोष रजौरे र बिकास चौधरीको संगीत रहेको छ ।

%d bloggers like this: