Thu. Apr 25th, 2024

सिन्धुलीमाढीमा जारी तेस्रो नेपाल–अन्तर्राष्ट्रिय आदिवासी चलचित्र विस्तार महोत्सवमा बिभिन्न चलचित्र तथा बृतचित्रहरु प्रर्दशन गर्दै भब्यरुपमा सम्पन्न भएको छ । महोत्सवमा तामाङ जातिको पहिचान, हिंसारहित चुम क्षेत्रको सन्देश, महासम्बोधी, धर्मसंघ गुरुको धर्मदेशना, मेक्सिकोको कुआन्डोला न्यायको रक्षा लगायत भारत, जापान, काङ्गो, मेक्सिको, इथोपिया, क्यानाडा र रूवान्डाका आदिवासी जनजातिसँग सम्बन्धित चलचित्र तथा बृत्तचित्रहरू प्रदर्शन गरिएको थियो ।

small-Killing

पहिचान अधिकार र सम्बृद्धिका लागि भन्ने नाराका साथ १५ औं अन्तर्राष्ट्रिय मातृभाषा दिवसको अवसर पारेर आदिबासी जनजाती उत्थान राष्ट्रिय प्रतिष्ठानको प्रायोजन र आदिबासी चलचित्र अभिलेख संस्था काठमाडौंको सहआयोजनामा भएको चलचित्र महोत्सब शनिबार सकिएको आयोजक संस्थाले जानकारी दिएको छ । यसक्रममा आदिवासी जनजाति पहिचानमा आधारित साहित्यिक प्रतियोगिता, बालमैत्री शिक्षा र मातृभाषाको सवालमा अन्तक्र्रियात्मक गोष्ठी पनि गरिएको थियो ।

%d bloggers like this: