Tue. May 7th, 2024

२०७१ सालको बैशाखमा प्रदर्शन भएको चलचित्र कबड्डीको सिक्वेल ‘कबड्डी कबड्डी’को आगामी फागुन २५ गतेदेखि फ्लोरमा जाने भएको छ। चलचित्रमा दयाहाङ राई, रिश्मा गुरुङ, विजय बराल, बुद्धि तामाङ, शिशिर बाङ्देल, अरुणा कार्की, पशुपति राई, कमलमणि नेपाल, पुष्कर गुरुङ, कविता आले, माओत्से गुरुङ, जुनु विष्ट, उपेन्द्र सुब्बा, सौगात मल्ल लगायतको अभिनय रहने छ । शनिबार राजधानीमा पत्रकार सम्मेलन गदैं चलचित्रको निर्माण यूनिटले कबड्डी कबड्डीको औपचारिक घोषणा गरेको छ । ९५ प्रतिशत दृश्य मुस्ताङमा खिचिने चलचित्र कबड्डी कबड्डी पनि हाँस्यप्रधान चलचित्र रहेको बताइएको छ । यसका लेखक कबड्डी कै लेखक रामबाबु गुरुङ हुन्। रामबाबु गुरुङलाई लेखनमा कवि उपेन्द्र सुब्बाले सहयोग गरेका छन् ।

timthumb

शैलेन्द्र डी कार्कीले खिच्ने चलचित्र कबड्डी कबड्डीको कार्यकारी निर्माताको रुपमा भने निश्चल बस्नेत रहेका छन् भने निर्मातामा सुनीलचन्द्र रौनियार र रौनकविक्रम कँडेल छन्। चलचित्रलाई निमेष श्रेष्ठलेले सम्पादन गर्नेछन् भने रोहित शाक्यले चलचित्रमा पार्श्व संगीतरहने छ । रामबाबु गुरुङले निर्देशन गर्ने चलचित्र कबड्डी कबड्डी पहिलो कबड्डीका नायक काजीको कन्टिन्यु लभस्टोरीनै चलचित्र कबड्डी कबड्डीको मूल कथा हो। हक र धाकधम्कीबाट परै रहेर प्रेम गर्न खोज्दा पनि काजीले सुख पाउँदैन। निश्चल प्रेममा फोहरी राजनीति मिसिन आइपुग्छ। फेरि कथामा एउटा भिलेन आइपुग्छ। यसपालीको भिलेन बंशभित्रैबाट आएपछि काजीको पारो तात्छ। शुरु हुन्छ भीडन्त। आदर्श प्रेमको देहावसान र राजनीतिको तिकडम शुरु भएसँगै चलचित्रको कथा उत्कर्षमा पुग्छ र टुंगिन्छ।

%d bloggers like this: