Fri. Apr 26th, 2024

कुनै समय थियो निर्माता छबिराज ओेझाले निर्माण गर्ने प्रत्यक फिल्ममा नायिका रेखा थापा नै अनुवन्धित हुन्थिन किनकी नायिका रेखा थापा र निर्माता छबिराज आझा श्रीमान श्रीमती थिए । १० बर्षसम्म नायिका रेखा थापा निर्माता छबि ओझाको श्रीमती भएर बसिन् हो त्यहि अबधिमा नायिका रेखाले चलचित्रक्षेत्रमा आफ्नो छबि राम्रो सँग बनाउन सफल पनि भइन ।

तर केहि बर्ष अगाडी मात्र छबि ओेझा र रेखा बिच सम्बन्ध विक्षेद भयो त्यहि बेला देखी छबि ओझाले निर्माण गर्ने फिल्ममा रेखा देखा परिनन् । सोहि क्रममा निर्माता छबि ओझाले नेपाली चलचित्रक्षेत्रमा नयाँ अनुहार भित्राए ति हुन् ‘शिल्पा पोखरेल’ ।

silpa

‘लज्जा’ चलचित्रबाट नेपाली चलचित्रक्षेत्रमा शिल्पालाई डेव्यू गराएका निर्माता ओझाले लगातार आफुले निर्माण गर्ने फिल्ममा शिल्पालाई नै लिन थाले । ‘लज्जा’ पछि छबिले ‘हवल्दार सुन्तली’ चलचित्र निमाण गरे त्यसमा पनि नायिका शिल्पा पोखरेलले नै अभिनय गरिन जुन चलचित्र चैैत २७ गते देशभर प्रदर्शनको तयारीमा रहेको छ ।

त्यति मात्र होइन शिल्पालाई जन्मदिनको गिफ्ट स्वरुप निर्माता छबि ओझाले निकै बर्ष अगाडी रेखा थापा र आर्यन सिग्देललाई लिएर निर्माण गरेकोे सफल चलचित्र किस्मतको दोस्रो भागमा पनि छबिले शिल्पालाई नै छनोट गरे । लगातार छबिको आखाँमा शिल्पा नै छनोट भइरहेको अबस्थामा आफुलेनै केहि बर्ष अगाडी निर्माण गरेको चलचित्र हिफाजतको सिक्वल निर्माण गर्ने भएका छन् । हिफाजतको सिक्वलमा पनि शिल्पानै मुुख्य भुमिकामा रहने छबिराज ओझाले औपचारिक रुपमा नै जानकारी दिइसकेका छन् ।

श्याम भट्टराईको निर्देशनमा बैशाख २ वाट ‘किस्मत २’को सुटिङ हुने भएको छ भने ‘हिफाजत २’ को सुटिङ ज्ञानेन्द्र देउजाको निर्देशनमा भदौमा हुनेछ । हाल हिफाजत २ को कथा लेखन कार्य धमाधम भइरहेको छबिराज ओझाले जानकारी दिएका छन् । रेखा थापा आफ्नो जिन्दगीबाट टाढा भएपछि शिल्पा पोखरेललाई हात लिदैं गएका छबिराज ओझा शिल्पाकोे अभिनयले आफु मोहित हुने गरेको बताउँछन् ।

%d bloggers like this: