Sat. Apr 20th, 2024

छोटो समयमा नै सफल नायिकाको रुपमा परिचय बनाउन सफल बलिउड अभिनेत्री श्रद्धा कपुरले सन २००८ को सफल फिल्म ‘रक अन’को सिक्वलमा मुख्य भुमिकामा देखिने भएकी छिन् । केहि दिन आडी मात्र श्रद्धा उक्त सिक्वलको मुख्य भूमिकामा अनुवन्धित भएकी हुन् । फिल्ममा अनुवन्धित भएपछि श्रद्धाले उनी सो भूमिकालाई लिएर धेरै उत्साहित रहेको बताएकी छिन।

shraddha-kapoor-main

उनले भनिन, ‘ म पहिलेदेखी नै ‘रक अन’ फिल्मको प्रशंसक हुँ। म यो भुमिकालाई लिएर धेरै खुसी छु किनकी प्रत्यक्ष रुपमा प्रस्तुति दिने, गीत गाउने तथा यस किसिमको चरित्रलाई निभाउने मौका कमैमात्र मिल्छ।’ श्रद्धाका अलावा ‘रक अन-२’ मा फरहान अख्तर, अर्जुन रामपाल तथा पूरव कोहली आदिले अभिनय गर्दैछन भने प्राची देसाई पनि महत्वपूर्ण भुमिकामा देखिने छिन। यस अघि ‘रक अन २’ मा आलिया भट्ट हुने चर्चा थियो।

%d bloggers like this: