Thu. Apr 18th, 2024

यसबर्ष नै प्रदर्शनमा आउने तयारी भइरहेको अभिनेत्री पुजना स्त्रीको लगानीमा निर्माण भएको चलचित्र चकलेटको पहिलो ट्रेलर,गीत र फष्टलुक सार्वजनिक भएको छ । आज राजधानीको कुमारी हलमा आयोजना गरिएको कार्यक्रममा चलचित्रकर्मी,पत्रकार लगायतकाको भब्य उपस्थितिमा चलचित्र चकलेटकोे ट्रेलर,गीत र फष्टलुक सार्वजनिक गरिएको हो । काठमाडौंको दरबार मार्ग क्षेत्रमा रहने बाल बालिकाहरुको जीवन कथा उठान गरेको चलचित्र पुर्ण रुपले सामाजिक कथामा तयार भएको नायिका एवं निर्मात्री पुजना स्त्रीले बताएकी छिन् ।

IMG_2053-copy

चलचित्र सबैले हेर्नु पर्ने बनेको छ त्यसैले एकपटक चलचित्र हेरिदिन आग्रह गर्छु पुजनाले भनिन् । चलचत्रिलाई खुसी गुरुङ, प्रतिमाया गुरुङ र केशब तामाङले पुजना फिल्म्स्को ब्यानरमा निर्माण भएको हो । जसमा आयुष्मान घिमिरे, अनुज शाक्य, पूजना स्त्री, नम्रता झा, केशव भट्टराई,सुमन गौरे लगायतका कलाकारहरुको मुख्य भुमिका चलचित्रमा रहेको छ । निर्मल शर्माले निर्देशन गरेको चलचित्र चकलेटमा पुजनाको मुख्य अभिनय रहेको छ । कार्यक्रममा बोल्दै चलचित्रका निर्देशक निर्मल शर्माले चलचित्र चकलेट आफ्नो लागी विषेश चलचित्र रहेको खुलाएका छन् । मैले निकै मेहेनत गरेर चलचित्र निर्देशन गरेकोे छु,आशामा छु एकपटक सबैले चलचित्रहलमा गएर चलचित्र चकलेट हेरिदिनुहुन्न्छ भन्नेमा निर्देशक शर्र्माले बताए । चलचित्रकोे हालै मात्र डबिङ सकिएको थियो ।

%d bloggers like this: