सफल निर्माताहरु पशुपतिमा बाबाको दर्शन गर्दै भेटिए
सफल निर्माताहरु पशुपतिमा बाबाको दर्शन गर्दै भेटिए
आज महाशिबरात्री, पशुपतिनाथमा महादेवको सबै भन्दा ठुलो मन्दिर लाखौ श्राद्दालु भक्तजनहरुको मेला लाग्ने दिन । कतै बाबा हरुको गाजा तानेको दृश्य त कतै दर्शलुहरुको लामो लाइन देखिन्थो । बाबाहरु नाङ्गै खरानी धसेर चिलीम तानिरहेका भेटिए त बाबाको प्रसाद भन्दै भक्तहरु पनि एक दुइ सर्को भएनी गाजामा रमाउदै देखिन्थे । भक्तजनहरुको भिड लाग्नु त स्वभाबिक नै हो तर नेपाली फिल्म छेत्रका चर्चित हस्तीहरु समेत पशुपतिनाथ मन्दिर परिसरमा भेटिए ।यो भिडमा सायद, होस्टेल जस्ता सफल फिल्म बनाएका सुनिल रावल, फिल्म वितरक एबम निर्माता गोबिन्द शाही ,चर्चित फिल्म मौन निर्देशक सुरज भुसाल लगायत पनि थिए।