Sun. Dec 10th, 2023

धरान, फागुन १४ । मोरङ, राजघाटकी नेमिता आङ्बुहाङ लिम्बु पाँचौं नेपाल आईस मिस पूर्वाञ्चल घोषित भएकी छिन् । मुख्य निर्णायक चौधरी ग्रुपका सिरियर जनरल मेनेजर एके द्विवेदीले सोधेको ‘तपाई आफ्नो देशको विकास गर्न कुन मित्र राष्ट्रसँग सम्बन्ध गाँस्नु हुन्छ ?’ भन्ने प्रश्नमा ‘आफ्नै देशमा युवा सशक्तिकरण गरी विकास गर्नु पर्छ, हामीले नगरे कस्ले गर्ने ?, अहिले नगरे कहिले गर्ने ?’ भनेर जवाफ दिंदै उपाधी जीतेकी नेमिताले यामाहा रे स्कुटीसँगै विभिन्न गिफ्ट ह्याम्प पाईन् । उनले मिस पब्लिक च्वाईस अवार्ड समेत हात पारिन् ।
प्रतिष्पर्धामा धरानकी तेञ्जिङ मोक्तान तामाङ मिस पर्सनालिटीसहित फस्टरनरअप घोषित भईन् । उनले नगद ३० हजार तथा गिफ्ट ह्याम्पर पाईन् । त्यस्तै उदयपुर बेलटारकी निलम थापाले मिस ट्यालेन्टसहित सेकेन्ड रनरअप बनेर नगद २०हजार र गिफ्ट ह्याम्पर पाईन् ।
सिल्भर इन्टरटेन्मेन्टको आयोजनामा सम्पन्न प्रतिष्पर्धामा मेलिना रुम्बा तामाङ वेष्ट वाक, सञ्जीता राई मिस चार्मिङ र माला सिंगक लिम्बु मिस फोटो जेनिक घोषित भए । माघ १०देखि प्रशिक्षणमा रहेका पुर्वको विभिन्न जिल्लाका १५ युवतिहरु बीच भएको फाइनलमा गायकहरु राजेशपायल राई, एपी शेर्पा, सोनम पाख्रिन, बविन लिम्बु लगायतले गीत प्रस्तुत गरे । प्रतिष्पर्धामा मिस नेपाल इसानी श्रेष्ठ, पूर्व मिस पूर्वाञ्चल प्रतिभा श्रेष्ठ, फेशन पत्रकार तथा कोरियोग्राफर जयन सुब्बा मानन्धर, हेयर डिजाईनर नील डेविड कटुवाल, ब्लाष्ट दैनिकका सम्पादक किशोरकुमार कार्की, सह प्राध्यापक राजेन्द्र शर्मा, चौधरी ग्रुपका मार्केटिङ मेनेजर मधुसुधन गुप्ता, नायिका अशिष्मा नकर्मी, गायक राजेशपायल राई र नेपाल टेलिकमका धनबहादुर थापाको निर्णायक टोलिले विजेता चयन गरेको थियो ।

%d bloggers like this: