Fri. Apr 26th, 2024

काठमाडौं,फागुन १४ ।
बाबु सुरेश डि सि ,काठमाडौं , फागुन १४ ।जकल निकै चर्चामा रहेका संचारकर्मी नरेश भट्टराई ‘भोइस अफ नेपाल’ उपाधि बाट सम्मानित भएका छन। बिगत १७ वर्षा देखि नेपाली संचार जगतमा अनबरत काम गरिरहेका भट्टराई लाई कलश इभेन्ट्सले हिजो राजधानीमा एक कार्यक्रम गरि यो सम्मान प्रदान गरेको हो । कार्यक्रमका प्रमुख अतिथि मह जोडीको हातबाट भट्टराईले उक्त सम्मान ग्रहण गरेका हुन् ।
उनले १९ बर्षको उमेर देखि नेपाली संचार जगतमा काम गर्न थालेका थिए । उनले थुप्रै एफ यम तथा टिभी कार्यक्रम निर्माण तथा संचालन गरि चर्चा कमाएका छन्।पछिल्लो समयमा उनि चलचित्र गित लेखन, भोइस ओभर तथा अभिनयमा समेत चर्चित छन् । सुभ दिन ,लाइफ एंड लाभ , आगन , गहना ,सिनेमा बजार आदि उनका सफल कार्यक्रम हुन्।
voice of nepal
कार्यक्रममा उनको सम्मानमा बनाइएको चित्र अङ्कित टिशिर्ट समेत पहिलो पटक सार्बजनिक गरिएको छ ।
बौच व; मौच एबम टिशिर्ट नेपालको सहकार्यमा भट्टराई को चित्र अङ्कित टिशिर्ट बजारमा ल्याउन लागिएको हो ।
टिशिर्टमा भट्टराई को बाचन कलालाई सम्मान गर्दै मायकमा उनले बोलिरहेको चित्र राखिएको छ ।
आफु सम्मानित हुन पाउदा निकै खुसि एबम गौराब्वान्वित भएको र अजै धेरै राम्रो बोल्ने काम जारी राख्ने भट्टराईले बताए । साथै आफुलाई यो स्थान सम्म आइपुग्न सहयोग पुराउने सबैलाई उनले सम्झिए।
कार्यक्रममा मह जोडीका अलावा यादब खरेल, बसुन्धरा भुसाल , दिनेश अधिकारी , भीमार्जुन आचार्य , दिनेश डि सी ,सुनिल रावल लगाएत थुप्रै अतिथिको उपस्थिति थियो ।

%d bloggers like this: