Tue. Apr 16th, 2024

काठमाडौं, फागुन १३ । ‘सायद’, ‘होस्टेल’ जस्ता हिट फिल्म बनाएका सुनिल रावल र ‘कहाँ छौ कहाँ’, ‘संसार आफ्नै’ र ‘पराइ’ फिल्मका निर्माता गोबिन्द शाहीले संयुक्त रुपमा फिल्म बनाउने भएका छन् । उनीहरुले निर्माण गर्ने फिल्म ‘आभास’का लागि मुख्य कलाकारको खोजी भएको छ । इच्छुकहरुबाट आवेदन मागेर अडिसनमार्फत छनोट गरिने भएको छ । 
प्रतिभा\क्षमता भएका कलाकारलाई फिल्ममा अभिनय गराउने सोच अनुरुप सार्वजनिक रुपमा आवेदन आव्हान गरिएको निर्माताद्वयले बताएका छन् । ग्लोसी पिक्चर्सको प्रस्तुति रहेने फिल्ममा दुर्गिस फिल्मस् र क्रियटिभ प्रोडक्सन पनि एसोसिएट भएका छन् ।
फिल्म सम्पादनमा कौशल देखाइसकेका सुरेन्द्र पौडेलले फिल्मको निर्देशन गर्ने भएका छन् । उक्त फिल्ममा अभिनय गर्ने चाहने क्षमतावान कलाकारले durgishfilms@ymail.com .मा आफ्नो चारवटा तस्बिर, मोबाइल नम्बर र बायोडाटा पठाउन अनुरोध गरिएको छ । पछिल्लो समय सफल फिल्म दिँदै आएका यी निर्माताहरुले उत्कृष्ट फिल्मका लागि कलाकार महत्वपूर्ण कुरा भएको भन्दै सार्वजनिक आब्हान गरेका हुन् । यो फिल्मका निर्माता क्षमतावान् नयाँलाई मौका दिएर फिल्म सफल बनाउनेहरुमध्य पर्छन् ।

%d bloggers like this: