Tue. Apr 23rd, 2024

बाबु सुरेश डि सि ,काठमाडौं , फागुन १५ आज महाशिबरात्री, पशुपतिनाथमा महादेवको सबै भन्दा ठुलो मन्दिर लाखौ श्राद्दालु  भक्तजनहरुको मेला लाग्ने दिन । कतै  बाबा हरुको गाजा तानेको दृश्य  त कतै दर्शलुहरुको लामो लाइन देखिन्थो । बाबाहरु नाङ्गै खरानी धसेर चिलीम तानिरहेका भेटिए त बाबाको प्रसाद भन्दै भक्तहरु पनि एक दुइ सर्को भएनी गाजामा रमाउदै देखिन्थे । भक्तजनहरुको भिड लाग्नु त स्वभाबिक  नै हो तर नेपाली फिल्म छेत्रका चर्चित हस्तीहरु समेत पशुपतिनाथ मन्दिर परिसरमा भेटिए ।
यो भिडमा सायद, होस्टेल जस्ता सफल फिल्म बनाएका सुनिल रावल, फिल्म वितरक एबम निर्माता गोबिन्द शाही ,चर्चित फिल्म मौन निर्देशक सुरज भुसाल लगायत पनि थिए। उनीहरु उज्यालो नहुदै मन्दिर पुगे, लामो लाइन बसी शिब बाबाको दर्शन  गरे। गोबिन्द शाही आफु खाट्टी शिब भक्त भएको बताउदै बाबा जी को प्रसाद स्वरुप केहि सर्को गाजा समेत तान्न भ्यए ।शाहीले मात्र हैन रावल अनि भुसालले समेत केहि सर्को लगाए । बर्षको एक दिन शिवरात्रिको दिन बाबाको प्रसाद स्वोरुप गाजा भांग खानु संस्कृति भएकाले आफुहरुले संस्कृति जगेर्ना मात्र गरेको उनीहरुको भनाइ थियो। उता शाहीले ”आफु शिब भक्त भएकाले आज केहि नखाई ब्रत बसी आफ्नो आउदै गरेको फिल्मको लागि सफल होस् भन्ने कामना गरेको छु ” भने। रावलको पनि थपे ”हाम्रो आउदै गरेको फिल्म आभास र चाडै बन्ने अर्को टाइटल फिक्स नभएको फिल्मको लागि र यो मित्रता सधै रहोस भनि  कामना गरे।” त्यस्तै भुसालले  पनि आफु आगामी फिल्मको लागि उतिकै मेहनत गर्ने साथै सफलताको कामना गर्न बाबाको सरनमा आएको बताए । तेस्तै यो समुहमा वितरक मनोज राठी एबम  निर्माता हेमन्त बुढाथोकी पनि थिए। फिल्म छेत्रमा यी निर्माता निर्देशको मित्रता र जोडी उदाहरनिय छ ।
 
रावलले बनाएको सफल फिल्म होस्टेल चल्नुमा वितरक शाहीको समेत ठुलो हात छ भन्ने कुरामा दुइ मत छैन । यहिँ बेला देखिको उनीहरुको मित्रता सधै रहिरहने छाट अब झनै देखिन्छ । उनीहरुले यो सहकार्य अब बन्दै गरेको फिल्म आभासमा  मात्र हैन टाइटल छिट्टै फाइनल  हुने र भुसालले नै निर्देशन गर्ने फिल्ममा समेत दुबैको लगानी रहने उनीहरुले जनाए।फिल्म आभासलाई अहिलेका चर्चित फिल्म सम्पादक सुरेन्द्र पौडेलले निर्देशन गर्ने छन् । उनीहरुलाई यो शिबरात्री शुभ रहोस र बन्न लागेका फिल्मको सफलताको लागि मनोरंजनसन्सार टिमको शुभकामना ।
हेर्नुहोस तस्बिरहरु :
IMG_9842IMG_9874IMG_9899
 
 
 
IMG_9831IMG_9924
IMG_0108
तस्बिरहरु: बाबु सुरेश डि सि
 

%d bloggers like this: