Fri. Apr 26th, 2024

बाबु सुरेश डि सि ,काठमाडौं , फागुन १४ ।फिल्म पत्रकारहरुको छाता संगठन “चलचित्र पत्रकार संघ”को छैठौ अधिवेशन आगामी चैत्र ६ गते काठमाडौँमा हुने भएको छ ।नेपाल पत्रकार महसंघ आबद्ध चलचित्र पत्रकार संघलाई नेपाल पत्रकार महसंघले चैत्र मसान्त सम्म नयाँ चुनाब गर्न गरेको निर्दशन अनुसार नै चलचित्र पत्रकार संघको छैठौ अधिवेशन गर्न लागिएको बताईएको छ  ।
राजधानीमा मंगलबार संघको कार्यालय मैतीदेबिमा अध्यक्ष बिदुर गिरिको अध्यक्षतामा बसेको बैठकले यस्तो निर्णय गरेको हो । कार्यसमिति बैठकले गत जेठ महिनामा घोषणा गरिको चलचित्र पत्रकारिता पुरस्कार वितरण कार्यक्रम सहित अधिवेशन उक्त मितिमा सम्पन्न गर्ने निर्णय संघको बाट जारी  प्रेस विज्ञप्तीमा उल्लेख गरिएको छ ।  यस पटक को अधिवेशन मा ६३ जनाले भोट हल्दैछन र केहि त्येस्ता व्यक्ति जो चलचित्र पत्रकारिता मा सक्रिय नभएता पनि सदस्य रहेका थिय तिनको सदस्यता नविकरण नगरिएको समेत जनाइएको छ ।
यो पटक को चुनाबी माहोल मा निकै नै प्रतिश्प्रधा हुने देखिएको छ । संघ का निबर्तमान अध्यक्ष शान्तिप्रिय ले उम्मेद्वारी घोषणा गरिसकेका छन् भने चलचित्र क्षेत्रमा प्रयोग हुने शब्द ‘सेटिंग’ मिलेमा अध्यक्ष बिदुर गिरि पनि पुन अध्यक्ष हुने दाउ मा छन् । यसै गरि अध्यक्ष पदका लागि नया अनुहारमा समेत थुप्रै अनुहार देखिएका छन् ।
त्यस्तै चुनाब नजिकिदै जादा आ-आफ्नो पक्षमा भोट बटुल्न लबिङ्ग सुरु भैसकेको छ।

%d bloggers like this: