Fri. Apr 26th, 2024

बाबु सुरेश डि सि ,काठमाडौं , फागुन १५ विवाद चर्किएपछि काठमाडौं प्रहरी प्रमुख रमेश खरेलको निर्देशनमा प्रहरीको समुहले फिल्म ‘मिस नेपाल’ हेरेका छन् । विहिबार बिहान जय नेपाल हलमा भ्यानसहित पुगेका पोशाक र सिभिल प्रहरीले फिल्म हेरेका थिए । मिस नेपाल सुन्दरी प्रतियोगिता आयोजक हिडन ट्रेजरले प्रहरीमा उजुरी गरे पछि  च्यारिटी प्रदर्शनकै  बेला प्रहरीलाई समेत फिल्म देखाइएको हो । केहि संबाद अनि दृश्यमा मिस नेपालाई गाली गरि नकारात्मक रूपमा देखिएकाले हिडन ट्रेजरले काठमाडौँ प्रहरी प्रमुख खरेल संग सहयोग मागेकाले प्रहरी त्यहाँ पुगेका थिए ।
फिल्मकी निर्मात्री एबम कलाकार सुभेच्छा थापाले आफ्नो फिल्ममा त्यस्तो कुनै गाली गरि नकारात्मक रूपमा देखिएको दृश्य नभएको र प्रदशन रोक्न आएका प्रहरीले समेत फिल्म हेरी प्रसंसा गरि गएको बताईन ।
जोशी समाजले गरेको आजको  च्यारिटी हेर्न झन्डै ३५० भन्दा बडी दर्शक र केहि कलाकार ,पत्रकारको समेत उपस्थिति थियो।

%d bloggers like this: