Sat. Oct 26th, 2024

काठमाडौं, फागुन १५ । सुदूरपश्चिममा फिल्मका दृष्यलाई दर्शनीय बनाउने प्रशस्त लोकेसन छन् । तर, फिल्मको लगानी चर्काे हुने भनेर नेपाली निर्माता÷निर्देशक त्यहाँ पुग्न सकेका छैनन् । अभिनेत्री रेखा थापाले आफ्नो फिल्मको पूरै छायांकन त्यो क्षेत्रमा गर्ने हिम्मत जुटाएकी छिन् ।  थापाको नयाँ फिल्म ‘हिम्मतवाली’को बिहीबारदेखि सुदूरपश्चिमको महेन्द्रनगरमा सुटिङ सुरु भएको छ ।
तीस दिनको सुटिङ सेड्युल लिएर सुदूरपश्चिम  पुगेकी थापाले भनिन्, ‘सुदूरपश्चिममा निकै राम्रा सुटिङ लोकेसन छ तर, त्यसको प्रयोग भएको छैन । फिल्मबाटै भएपनि देशको एउटा भुभाग दुनियाँमाझ ल्याउनका लागि यो फिल्मको सुटिङ सुदूरपश्चिममा गर्ने तय गरेका हौं ।’
छवीसँग अलग भएपछि थापाले आफ्नो होम प्रोडक्सन रेखा फिल्मसबाट बनाउन लागेको यो दोस्रो फिल्म हो । महाशिबरात्रीको अवसरमा थालिएको फिल्मको पहिलो दिनको सुटिङ थारु वस्तिमा गरिएको छ ।
श्याम भट्टराईको निर्देशनमा रामशरण उप्रेतीले छायांकन गरिरहेको फिल्ममा रेखा साहसी नारीका रुपमा प्रस्तुत भएकी छिन् । यसअघि ‘काली’ फिल्म बनाएकी उनी नारीप्रधान फिल्म निर्माता रुपमा पहिचान बनाउन पनि खोजिरहेकी छिन् ।