Fri. Apr 26th, 2024

बाबु सुरेश डि सि ,काठमाडौं , फागुन १४ ।केहि समय अघि प्रदर्शनमा आएको चलचित्र ‘मधुमास’ हेरी सके पछी सबै ले सम्झिने नाम हो राघव अर्थात् मनोज आर सी । उनले बोलेको संबाद ”पैसा भागवानत हैन तर भगवान भन्दा कम छैन” निकै चर्चित थियो। उनि यस क्षेत्र मा आएको १२ बर्ष बितिसकेको छ । उनले थुप्रै भिडियो तथा केहि फिल्ममा समेत अभिनय गरिसकेका छन् ।उनले अभिनय गरेको चलचित्र मधुमाश बाहेक बिर गणेशमान र लक्ष्य हुन् ।अब उनले लगातार फिल्ममा मुख्य भूमिका पाउदै छन्।
यहि फागुन २३ बाट प्रदर्शन मा आउन लागेको चलचित्र ‘ऋतु‘ को युनिट ले निर्माण तथा दासढुंगा निर्माण गरि सकेका र ऋतुका एक निर्माता अपिल बिष्ट ले बनाउने ‘प्रताप‘ मा मनोज आर सी शिर्ष भूमिका मा देखिदै छन् । सिनेमा डाइरेक्सन सम्बन्धि अध्यन समेत गरेका अपिल ले ‘प्रताप’ एक्सन ड्रामा मुभी हुने समेत बताए । मनोज यस सिनेमा मा मधुमास भन्दा पनि ससक्त रुपमा प्रस्तुत हुने तयारीमा रहेको अनि आफ्नो भूमिका बोल्ड स्ट्रोंग र डर लाग्दो क्यारेक्टर रहेको बताए । मधुमास मा राघव ले एक परिवार लाई मात्र प्रभाव पारेको थियो तर प्रताप ले सम्पूर्ण समाज लाई नै प्रभाव पार्ने भएको यस ले आफु लाई निकै माथि लैजाने विश्वास समेत व्यक्त गरे । यस सिनेमा को छायांकन काठमाडौँ ,कपिलबस्तु ,रोल्पा र चितवनमा हुने निर्देशक बिष्टले बताए ।

%d bloggers like this: